समाचार

ए’सएसबीको ध’म्की खा’एर पनि यिनले जो’गाई रहेका छन् पुस्तौंदेखि नेपाली पि’लर

महोत्तरी । भारतीय सु’रक्षाकर्मीको ध’म्की सहेर पनि सीमा र’क्षा गर्न पाएकामा ग’र्व गर्छन् ५६ वर्षीय सिकेन्द्र मुसहर । ‘सीमामा बसेर हामीले पुस्तौंदेखि पिलर र’क्षा गरिरहेका छौं’, उनी भन्छन्, ‘एसएसबीले बो’र्डरमा बस्न दिन्नौं भन्दै घर भत्काई दिन्छ । भारतमै गएर ज्या’ला गरी पेट पाल्छौं ।’महोत्तरी सदरमुकाम जलेश्वरभन्दा पश्चिममा पर्छ मधवा गाउँ । मनरासिसवा नगरपालिका–१० मधवामा ६० परिवार मुसहर बस्छन् । सिकेन्द्र मात्रै होइन गाउँले सबै सरकारप्रति आ’क्रोशित छन्। उनीहरू को एउटै स्वर छ–‘हामीले पटक पटक भोट दिएर नेतालाई जितायौं ।

उनीहरूले हाम्रा लागि केही गरेनन् । एसएसबीको धम्की’ खाएर हामीले पिलर जोगाइरहेका छौं ।’एक इन्च पनि सिमाना मिच्न नदिएको सिकेन्द्र सुनाउँछन् । ‘पिलर मर्मत हुँदा र नयाँ गाड्नुपर्दा भारत र नेपालका प्रशासनसँग हामी पनि हुन्छौं’, उनी भन्छन्, ‘नेपाली भूमि अ’तिक्रमण गरे चुप लाग्दैनौं । बरु हामीलाई भारतीय भनेर हे’प्दा मन दुख्छ ।’सबै मुसहरसँग नेपाली नागरिकता छ । उनीहरूको घडेरी छैन । बस्तीमा दुईवटा चापाकल छ । पानीका लागि स्थानीय तीन सय जना यसमै नि’र्भर छन्। एसईईभन्दा माथि कसैले पढेका छैनन् ।

‘कमाइले खान त पुग्दैन, बच्चाहरूलाई कसरी स्कुल पठाउनु ?’, सिकेन्द्र भन्छन्, ‘सरकारले गरिबका सन्तानलाई पढाउन सहयोग गर्नुपर्छ ।’३०४–२०,२१, २२ नम्बरका पिलरभन्दा दक्षिणतिर पनि कोही बस्छन् । दसगजा क्षेत्रमा बस्न पटक्कै मन नरहेको ७५ वर्षीय लक्ष्मी मुसहर बताउँछन् । ‘काम गर्न पनि भारतीय गाउँ पस्नुपर्छ । कमाएको खानै पुग्दैन’, उनी भन्छन्, ‘जमिन कसरी किन्ने ? घर कसरी बनाउने ?’मधवा गाउँनजिकै भारतले अग्लो बाँ’ध बनाउँदा नेपालतिर डु’बान हुँदै आएको स्थानीय भोला मुसहर बताउँछन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

‘बाढी बाँधले छे’किदिन्छ।पानी बग्न नपाएर हप्तौंसम्म तालझैं रहन्छ ।हामी कहींकतै निस्किन पाउँदैनौं’, उनी भन्छन्,‘जब आकाश कालोनीलो हुन्छ तब पानी परेर डुब्छौं कि भन्ने चि’न्ता हुन्छ ।’ भारतले बाँध बाँ’धेपछि चार वर्षयता सी’मावर्ती मधवा,मरुवाही, सखरी , हलखोरी डु’बानमा पर्दै आएको अर्का स्थानीय लक्ष्मण मुसहरले बताए ।सीमावर्ती गाउँका स्थानीय भारतमै कमाउँछन् ।

Related Articles

Close