समाचार

कमला घिमिरेको पहिलो रेकर्डिङ गीत ‘चिया छानेको’ ख्यातीप्राप्त कलाकार एकैसाथ (भिडियोसहित)

काठमाडौं । कमला घिमिरे अहिले चर्चामा र सबैले रुचाएको नाम हो । धादिङकी ११ बर्षिय कमला दोहोरी खेल्नमा माहिर छिन् । अहिले मेला महोत्सवमा बिजी कमलाको माग निकै बढेको छ । बुढापाखादेखि बालबालिकासम्म अत्यन्तै रुचाईएकी कमलाको गीत गाउने कला र प्रस्तुतीले अझैं सबैको मन जितेकी हुन् ।राजु परियादेखि बद्री पंगेनीसंग दोहोरी खेलेर मन जितेकी कमलाको पहिलो रेकर्डिङ गीत ‘चिया छानेको’ भर्खरैमात्रै बजारमा आएको छ । चिया छानेको, बोलीले हसाउने कति जानेको बोलको गीतमा कमलाको आफ्नै जिवनकहानी समेटिएको छ ।

कमला र अमृत सापकोटाको आवाज रहेको गीतमा बरिष्ठ गीतकार रमेश बिजीको शब्द तथा खेम सेन्चुरीको लयसंगीतमा रहेको उक्त गीतमा नेपालका चर्चित कलाकारहरुको अभिनय तथा नृत्य रहेको छ ।शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा चर्चित दोहोरी कलाकारहरु बद्री पंगेनी,रमेश बिजी,बिनोद बाजुराली ,खेम सेन्चुरी,अन्जली अधिकारी,शंकर बिसी,रिना थापा,करिश्मा ढकाल ,बिमल अधिकारी, मोहन खड्का,धुर्ब हिमाली ,मालती घले ,रबिना भण्डारी, एलिना रायमाझी, निलिमा ढुंगाना, सुबेक्षा नेपाल लगाएतका कलाकार संगै कमला घिमिरे र अमृत सापकोटालाई देख्न सकिन्छ ।भिडियो

Related Articles

Close