रोचक

किन छोडिन् रिमाले नेपाल आइडल ?

काठमाडौं / बुधवार पशुपति मन्दिर परिसरमा चलचित्र ‘हिजो आजका कुरा’ को शुभ मुहूर्त गरियो । शुभ मुहूर्तमा चलचित्रका कलाकार सन्तोष पन्त, रमा थपलिया, रिमा विश्वकर्मा र निर्देशक साकार पन्तले मुर्हत सट दिए । चलचित्रको मुहूर्त सँगै रिलिज मिति पनि तोकिएको छ ।कार्यक्रममा चलचित्रको बारेमा निर्देशक कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले चलचित्र ३५ दिनमा छायाङ्कन सकिने सेड्युल रहेको र आगामी वैशाखको १२ गते प्रदर्शनमा आउने जानकारी दिए ।यसै गरी चलचित्र काठमाडौँ लगायत ठाउँमा खिचिने पनि उनले बताए ।

चलचित्र कि मुख्य अभिनेत्रीको भूमिका निभाइरहेकी अभिनेत्री रिमा विश्वकर्माले आफूले नेपाल आइडल किन छोड्नुपर्‍यो भन्ने पनि खुलाएकी छिन् ।उनका अनुसार, उनी यति बेला आफैले निर्माण गरेको रियालिटी सो ‘कमेडी च्याम्पियन’ सुरु हुन लागेको र यसमै व्यस्त हुनुपरेको नेपाल आइडललाई समय दिन नसक्दा बाहिरिनु परेको हो ।‘हिजो आजका कुरा’ को मुहूर्तमा नायिका द्वय ऋचा शर्मा र केकी अधिकारी भने उपस्थित थिएनन् । स्वास्थ्य स्थिति र अलिकति सर्प्राइज को लागी पनि उनीहरू कार्यक्रममा उपस्थित हुन नसकेको निर्देशक पन्तले बताएका छन् ।

Related Articles

Close