रोचक

जसले आफ्नै पतिलाई दाइ भन्दै अरुसँग बिहे गराइन्

काठमाडौं । अघोरी बाबा भनिने विजय केसीकी श्रीमती शारदा पाण्डेवि’रुद्ध प्रहरीले ठ’गी अ’पराधमा अनुसन्धान प्र’क्रिया अगाडि बढाएको छ । सोमबार पक्राउ परेकी शारदामाथि झु’क्याएर विवाह गराएको आ’रोप छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार शारदामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्या’द थपेर अनुसन्धान प्र’क्रिया अगाडि बढाइएको छ ।शारदा एक वर्षअघि अमेरिकाबाट नेपाल आइन् । अमेरिकामा उनका पति थिए, गोविन्द अधिकारी ।

प्रहरीका अनुसार शारदा र उनका पतिबीच स’म्बन्ध वि’च्छेद गर्ने स’हमति भएको थियो ।तर, शारदाले आफ्ना पतिको लागि युवती खोजिदिने स’हमति गरिन् । काठमाडौं आएपछि शारदाले एक राष्ट्रिय पत्रिकामा अमेरिकामा बस्ने एक पुरुषलाई ‘डि’भोर्सी’ महिला विवाहका लागि चाहिएको भन्दै वि’ज्ञापन प्रकाशित गरिन् ।विज्ञापनमा शारदाकै मोबाइल नम्बर थियो । शारदाको नम्बरमा काठमाडौंका एकजनाले फोन गरे । उनले चितवनमा बस्ने आफ्नी भतिजी वि’ज्ञापनमा खोजेजस्तो महिला भएको र विवाह गर्ने बताए ।

शारदा र चितवनकी महिलाका आ’फन्तका बीचमा कुराकानी भएपछि उनले अमेरिकमा रहेका पति गोविन्द अधिकारीलाई नेपाल बोलाइन् । गोविन्द नेपाल आए । शारदाले उनलाई आफ्नो दाइ भनेर चिनाइन् युवतीसँग । अमेरिका जाने लो’भमा ती महिला र गोविन्दको विवाह भयो । केही समय गोविन्द ती महिलासँग बसे । तर नेपालमा रहँदा विवाह द’र्ता लगायतका का’नुनी प्र’क्रिया पूरा गरेनन् । केही समयपछि नयाँ श्रीमतीलाई यहीँ छा’डेर गोविन्द अमेरिका गए । उनलाई केही समयपछि अमेरिका बोलाउने आ’श्वासन दिए ।

शारदा पनि अमेरिका गइन् । विवाह भइसकेपछि नेपालमा रहेकी ती महिलाले केही समयपछि गोविन्दको नम्बरमा फोन गरिन् । तर, फोन गोविन्दले नभएर शारदा पाण्डेले उठाइन् । त्यसपछि ती महिला स’शंकित बनिन् किनकी शारदाले गोविन्दलाई आफ्नो दाइ भनेर चिनाएकी थिइन् । डिएसपी सिंह भन्छन्, ‘‘शारदाले फोनमा ती महिलालाई चितवनमा रहेको जमिन बेचेर ७० लाख पठाएपछि विवाह द’र्ता र अमेरिका ल्याउने प्र’क्रिया सुरु गर्ने भनेकी रहिछन् । ती महिलाले आफ्नै श्रीमानले अमेरिका बोलाउन ७० लाख किन मा’गे भनेर खो’जी गर्दै जाँदा शारदा र गोविन्द पति–पत्नी भएको जानकारी पाइन् ।’’

यसक्रममा शारदाले पनि आफू गोविन्दकी श्रीमती भएको बताइसकेको प्रहरी बताउँछ । उनीहरु दुवै मिलेर रकम लु’ट्ने यो’जनाअनुसार नै विवाहको ना’टक गरेको प्रहरीको दा’बी छ । अनुसन्धानका क्रममा शारदाले अघोरी बाबासँग तेस्रो विवाह गरेको खुलेको छ । गोविन्दसँग विवाह गर्नुअघि समेत शारदाले विवाह गरेर सम्बन्ध वि’च्छेद गरिसकेकी थिइन् ।

Related Articles

Close