मनोरंजन

डेढ महिना अधिमात्र कुवेत पुगेका जबिन्द्रको मृ*त्यु ! हार्दिक श्रद्धान्जली

रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृ*त्यु भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगी दाङका ३६ वर्षीय जबिन्द्र परियारको त्यहाँ पुगेको डेढ महिना नबित्दै उपचारको क्रममा ज्यान गएको हो ।परियार गत सेप्टेम्बर २७ तारिखका दिन मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत पुगेका थिए । दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टाउको दुखेपछि अक्टोबर २ तारिखमा फर्वानियाको अल सिफा अस्पातमा पुर्याईएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो ।

अस्पतालले जनाए अनुसार उनलाई मस्तिस्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मृ*तकका भाई शैलेन्द्र परियारले जानकारी दिएका छन् । परियारको शनिबार राती मृ*त्यु भएको हो । उनको घरमा एक छोरा र एक छोरी रहेको बताईएको छ । यो पनि पढ्नुहोस -कार्तिक ८ गते बाट प्रदर्शनमा आएको फिल्म पोई पर्या काले’ डिसहोमको सिनेमा घर च्य्नाल नम्बर १०८ मा रिलिज भएको छ । हलमा समेत सफल रहेको यो चलचित्र कार्तिक २२ गते सुक्रबारबाट डीसहोममा रिलिज भएको हो ।

हाल सम्म चलचित्र हेर्न नपाएका दर्शकहरुलाई मध्यनजर गर्दै रिलिजमा ल्याइएको चलचित्रलाई दर्शकहरुले रु ३२५ मै घरमा स परिवारको साथमा हेर्न सक्नेछन् ।चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।दैनिक ८ सो रहेको चलचित्रलाई दर्शकहरुले आफ्नो समय अनुकुल मिलाएर हेर्न सक्नेछन ।किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

यस्तै यस वर्षको ब्लकबस्टर फिल्मको सूचीमा रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले आफ्नो नाम लेखाउन सफल भएको छ ।गएको असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मले सफलताको मानक मानिने ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको छ ।शनिबार यो फिल्मले राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो । बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले प्रदर्शनको ५१औं दिन मनाएको निर्देशक गुरुङले बताए । वितरक कम्पनी स्टेशन फाइभले फिल्मको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ ।

फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको छ । यस वर्षको असोजसम्म कुनै फिल्मले यो आँकडा छुन सकेका छैनन् । ‘कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म पनि बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए ।‘कबड्डी’ सिरिजमा सबैभन्दा ठूलो व्यापार गर्ने फिल्म हो यो । अघिल्ला दुई सिरिजले बक्सअफिसमा ७ करोडभन्दा बढी छाप्न सकेका थिएनन् । ब्रान्ड नामका कारण फिल्मले हलमा लामो यात्रा तय गर्न सफल भएको हो ।

फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकार हरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

Related Articles

Close