अन्तर्राष्ट्रिय समाचार

भारतले स्वी’कार्‍यो काली नदीको य’थार्थ: कालापानी र लिपुलेक भारतकै नक्सामा

भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वी’कार गरेको छ ।उसले सन् १८५० आसपासदेखि कृत्रिम नदी ख’डा गरी कालापानी र लिपुलेक क’ब्जा गर्ने र’णनीति अपनाएको थियो । त्यसपछि भारतीय नक्सामा नदी लु’काइएको थियो । भारतले त्यसलाई पुनःस्थापित गरेको यो नक्साका कारण भारतले क’ब्जा गरेको नेपाली भूभागको सम्बन्धमा वा’र्ता गर्न बाटो खुलेको छ । यो नक्सा नेपालका लागि महत्वपूर्ण रहेको नापी विभागका पूर्वउपमहानिर्देशक सुरशमान श्रेष्ठ बताउँछन् ।भारतले नेपालका कालापानी, लिपुलेक भने आफ्नो नक्सामा राख्न छाडेको छैन । उसले ६ दशकदेखि कालापानी र लिपुलेक क’ब्जा गरेको हो ।

भारतले पाकिस्तानी प्र’शासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो ।भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ । पाकिस्तान प्र’शासित कश्मीर (पीओके) पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले वि’रोध गरेको छ ।उसले त्यो नक्सा मा’न्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चे’तावनी दिएको छ । यस विषयमा नेपालले भने औ’पचारिक धा’रणा सार्वजनिक गरेको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट

Related Articles

Close