भिडियो

राजु लामाको नयाँ गीत “विस्तारै बिस्तारै’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौं/ मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ।लामो अन्तरालपछी ब्याण्डले नया गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सहित मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो।यस गीतमा राजु लामाको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन्। गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन्।भिडियो :पछिल्लो समयको चर्चित गायन रियालिटि शो द भ्वाइस अफ नेपाल सिजन २ मा कोच भुमिका निभाएपछि गायक राजु लामाको चर्चा झनै चुलिएको छ ।

साढे दुई दशक अगाडि देखि सांगीतिक क्षेत्रमा अनवरत लागिरहेका उनको लाखौ फ्यान छन् । यो पनि पढ्नुहोस गायक प्रमोद खरेलले कैलाली जिल्लाको दक्षिण धनगढी नजिक सिमानामा पुगेर तस्विर खिचाउँदै सामाजिक सञजालमा पोस्ट गरेका छन्।‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्वीर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’उनले लेखेका शब्दले निकै गहिरो भाव बोकेको छ।

राज्यसंयन्त्र फितलो भइदिँदा नै नेपालले धेरै भूभाग गुमाएको छ। अव यस्तै अवस्था रहने हो भने भोलि नेपालले अझ कति जमिन गुमाउने हो ?त्यसको आंकलन गर्नसमेत सकिन्न। प्रमोद यस्तो लेख्ने प्रतिनिधि पात्र मात्र हुन्। जनता र राज्य संयन्त्र दह्रिलो हुन नसके प्रमोदले भने जस्तो के थाहा भोलि धनगढीको सिमाना पनि मिचिने हो कि ? भिडियो

Related Articles

Close