आइतबार १६ आश्विन २०७९

काठमाडौं । आमाले हजुरआमा कुटेको भिडियो खिच्ने बालक सम्मानित भएका छन् । यही भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ स्थित आफ्नै घरमा ५३ वर्षिया जैसरा न्यौपानेलाई आफ्नै दुई जना बुहारीले निर्मम तरिकाले कुटपिट गरेका थिए ।

सो घटनाको भिडियो रेकर्ड गरेर बाहिर ल्याउने ११ वर्षीय बालक दिपेन्द्र न्यौपाने सम्मानित भएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गरेको हो ।

अहिले धेरैले हरेक टोलमा यस्तै मानवीय चेत भएका बालबालिका जन्मिउन्, बुढापाका, अपाङ्गता भएका, महिला र बालबालिका माथिको अपराध बाहिर आउन् भनेर कामना गरिरहेका छन् । जानकारहरुका अनुसार राज्यले उनीहरूको संरक्षण र सुरक्षामा भने विशेष ध्यान दिन पर्छ ।

अपराध बाहिर ल्याएको निहुँमा बालबालिका जोखिममा पर्न सक्ने खतरातिर पनि सरोकारवाला निकाय चनाखो हुन पर्छ । दुवै जनाविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । बालक सासु कुटेको आरोपमा पक्राउ परेकी देवसरा न्यौपानेका छोरा हुन् ।

उनले देवसरासहितका दुई जनाले जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको अवस्थामा लुकेर भिडियो बनाएका थिए । सोही भिडियोका आधारमा प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

कुटपिटमा संलग्न अर्की महिला ३५ वर्षीया धर्मा न्यौपानेलाई यसअघि पीडित जैसराकी बुहारी भनिए पनि देवरानी भएको खुल्न आएको छ । उनीहरुविरुद्ध अदालतबाट ३ दिन म्याद थप गरी अछाम प्रहरीले अनुसन्धान भइरहेको छ ।


Last Updated on: August 26th, 2022 at 9:57 pm

तपाईको प्रतिक्रिया