मंगलबार १८ आश्विन २०७९

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुटु मानिने भानुचौकमै खुल्लेआम यौ’नधन्दा चलिरहँदा प्रहरी र पत्रकार अप्रत्यक्ष पहरेदारी गरिरहेका छन् ।

भानुचोकस्थित रहेको लक्ष्मी बैँक र न्यू ए टु जेड कम्यूटर सेन्टरको दक्षिणपट्टिको गल्लीमा खुल्लेआम यौनधन्दा सँचालन भईरहेको छ । सधैँ प्रहरीको ड्युटी रहने सो गल्लीको मुख्यद्धारमा जनकपुरका केही पत्रकारहरुको पनि बैठक स्थल हुन् ।

भानुचोकस्थित रहेको होटेल रोयलमा यौ’नधन्दा सँचालन रहेको छ । नाम मात्रको लागि होटल राखिएको सो भवनमा मात्र यौ’नधन्दा सँचालनमा रहेको छ । होटल रोयल नाम राखिएको सो भवनमा होटल सम्बन्धी कुनै पनि कार्य भइनरहेको पाईएको छ ।

बाहिरबाट युवतिहरुलाई मगाएर सो बिल्डीँगमा यौनधन्दा सँचालनमा राखेको छ । महिनौँदेखि सो गेष्ट हाउमा यौ’नधन्दा सँचालनमा रहेपनि त्यहाँका प्रहरी र पत्रकार कृतिम अनभिज्ञता देखाएका छन् । नेपाल पत्रकार महासँघ धनुषा शाखाकै केही पदाधिकारी मात्र नभई अन्य पत्रकारहरु प्रायः त्यही बस्ने गरेका छन् ।

प्रहरीको ड्युटी पनि सोही गल्लीको द्धारमा हुने गरेको छ । गाउँस्तरसहित भारतबाट समेत ग्राहकहरु आउने गरेको बताइएको छ । बिहानैदेखि ग्राहकहरु गेष्ट पस्न थाल्छन् भने त्यहाँ रहेको एक शैक्षिक सँस्थानमा पढन जाने किशोरीहरुलाई समेत ग्राहकहरुले जिस्काउने गरेको आरोप लगाइएको छ ।

जानकारी अनुसार, सो गेष्टहाउसमा प्रहरीकै मिलोमत्तोमा यौनधन्दा सँचालनमा रहेको छ । त्यहाँ रहेको दुई वटा बिल्डीँङगमा यौ’नधन्दा सँचालनमा रहेको छ ।


Last Updated on: August 27th, 2022 at 11:41 am

तपाईको प्रतिक्रिया