Wednesday, August 10

बैंकले कर्जा दिन गाह्रो मानिरहेको बेला बजाजले ल्यायो यस्तो अफर-

July 27, 2022

बजाजले नेपाली बजारलाई लक्षित गरेर आफ्नो पल्सर २२० एफका मोडलहरुमा नयाँ अफर सार्वजनिक गरेको छ । बजाजको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले फाइनेन्सियल अफर ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकले २५ प्रतिशत डाउन पेमेन्टमा बजाजको पल्सर २२०एफका मोडलहरु प्राप्त गर्न सक्दछन् । हाल नेपालमा बजाज पल्सर २२०एफका २ भर्जन उपलब्ध रहेका छन् । जसमध्ये नन–एबीएसको मूल्य ३ लाख २९ हजार ९ सय र एबीएसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

ग्राहकले बाँकी ७५ प्रतिशत रकम भने २४ महिनाको किस्ता गरेर बुझाउँनु पर्ने हुन्छ । कम्पनीले यसको लागि विभिन्न वित्तिय संस्थाहरुसँग सम्झौता गरेको छ । ग्राहकले यो सुविधाको फाइदा नेपालको कुनैपनि शोरुमबाट लिन सक्नेछन् । बैंकले हाल आम मानिसलाई कर्जा दिन गाह्रो मानिरहेको बेला यो अफरले बाइक खरिद गर्न चाहने ग्राहकलाई धेरै सहज हुने कम्पनीले जनाएको छ ।

यसका साथै, ग्राहकले पहिलो महिनाको आदि किस्ता,सर्भिस चार्ज र सडक कर समेत भुक्तानी गरेर बाइक खरिद गर्न सक्नेछन् ।

Comment