शुक्रबार १४ आश्विन २०७९

आगामी मंसिर ४ गते एकैसाथ हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको चुनावले सिन्धुलीको राजनैतिक माहोल गर्माएको छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा राजनैतिक दलले कस्ता नेतालाई टिकट दिन्छ भन्ने जिल्लावासिमा कौतुहुल्ता छ ।

यता, जिल्लाका नेताहरुले भने निर्वाचनाकालागि उम्मेदवारीको स्वघोषणा गरिरहेका छन् । सिन्धुलीका ७९ स्थानिय तहमा ३२ प्रतिशत युवा निर्वाचित भएसँगै प्रतिनिधिसभा र प्रदेशसभामा युवालाई उचित स्थान दिइनुपर्ने आवाजहरु उठिरहेको छ ।

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष, युथफोर्स नेपालको प्रमुख एवं पार्टीको बागमती प्रदेश कमिटी सदस्य पुष्पराज श्रेष्ठको नाम चर्चामा छ । मरिण, हरिहरपुरगढी र घ्याङ्लेख गाउँपालिका रहेको २ ‘ख’ निर्वाचन क्षेत्रमा एमालेले श्रेष्ठलाई टिकट दिन गृककार्य गरिरहेको श्रोतले बताएको छ ।

श्रेष्ठको राजनितिमा उदयले जिल्लाको राजनैतिक वृतमा सधै चर्चा पाउने गरेको छ । युवा संघको केन्द्रिय सदस्य हुदैँ उपाध्यक्ष हुनुभएका श्रेष्ठलाई पार्टीले महत्वपुर्ण जिम्मेवारी दिएर जिल्लामा खटाइरहेको छ । नेपाल पत्रकार महासंघदेखि निर्माण व्यवसायी संघ सिन्धुलीको चुनावमा केन्द्रबाटै श्रेष्ठलाई चुनाव आफ्नो पक्षमा पार्न एमालेले खटाएको श्रोत बताउँछ ।

श्रेष्ठ पुर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पुर्वउद्योगमन्त्री महेश बस्नेतका विश्वासिलो पात्र हुनुहुन्छ ।श्रेष्ठको उम्मेदवारी चर्चासँगै युवाहरु हौसिएको मरिण गाउँपालिका ३ का अमृत तामाङले बताउनुभयो । काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाहको उदयसँगै युवाहरुले राजनितिमा स्थान खोजिरहेको तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौँले बालेनलाई जिताउन सक्छ भने हामीपनि सिन्धुलीमा युवालाई जिताउन सक्छौँ । उहाँले सबै दलले योग्य, सक्षम, क्षमतावान् सहित भिजन र इमानदारिता भएको युवालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


Last Updated on: August 27th, 2022 at 10:12 pm

तपाईको प्रतिक्रिया