Monday, August 15

प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका सागरले पाए नसोचेको समर्थन !

July 27, 2022

काठमाडाैँ –

आउँदो प्रतिनिधीसभको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग डढेलधुराबाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका युवा इन्जीनियर सागर ढकालको पक्षमा अभूतपूर्व समर्थन देखिएको छ ।

पाँच बर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा नेपालमा पढेलेखेको मान्छे प्रधानमन्त्री कहिले बन्छन् ? भनेर ढकालले प्रश्न गर्दा देउवाले ढकाललाई तपाई बढता बोल्दै हुनुहुन्छ भनेर थर्काएका थिए अहिले तिनै युवा देउवासँग चुनावी प्रतिष्पर्धाका लागी मैदानमा उत्रिएका छन् ।

स्थायी घर गुल्मी भएका ढकाल देउवालाईनै चुनाव हराउँनका लागी भन्दै डढेलधुराबाट चुनावी प्रतिष्पर्धा गर्न लागेका छन् । ढकालले देउवासँग चुनाव लड्ने भनेर घोषणा गरे लगत्तै उनको पक्षमा ठूलो जनसमर्थन देखिएको छ । जसरी पनी देउवालाई चुनाव हराउँनै पर्छ भन्दै साथ र समर्थन दिँदै शुभकामना दिनेको ओइरोनै लागेको छ ।

सागर चुनावी अभियानका लागी डढेलधुरा तर्फ लागेका छन् । रात्रीबस चढेर डढेलधुरा तर्फ जाँदै गरेको तस्बिर पोष्ट गरे पछि उनको प्रशंसा झनै चुलिएको छ । ढकालले देउवा विरुद्ध उमेदवारी घोषणा गरेकै दिन देखी उनको पक्षमा व्यापक समर्थन देखिएको थियो यो क्रमको ग्राफ झनै बढ्दै गएको छ ।

सागर ढकाल प्रति देखीएको अपार जनसमर्थनले शेरबहादुर देउवासँग जनता कति धेरै रुष्ट रहेछन् भन्ने प्यारोमिटर पनि देखिएको छ । सागरले यस पटक देउवालाई चुनाव हराएर आफैँ प्रधानमन्त्री बन्ने ठूलो महत्वकांक्षा देखाएका छन् । देशैभरी स्वतन्त्र उमेदवार उठाएर संसदमा भिजन भएका युवाहरुको प्रवेश गराउँने सपना उनले देखेका छन् ।

रात्री बस चढेर डढेलधुरा तर्फ जाँदै गरेको तस्बिर सागरले अपलोड गरे पछि सामाजिक संजालमा भाइरल भएको छ । मिडियाहरुले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । यो समाचार तयार पार्दा सम्म १३ हजार जनाले उनको तस्बिरलाई लाइक गरेका छन् भने झण्डै ४ हजारले कमेन्ट र दुई हजार हारहारीले तस्बिर सेयर गरेका छन् ।

प्रतिक्रिया दिनेहरु अधिकांशले उनको जितको लागी कामना गर्दै देउवालाई चुनाव हराउँनै पर्ने बताएका छन् । अब पुराना नेताहरुलाई बिदा गरेर मात्रै नेपाल अघि बढ्न सक्ने भन्दै धेरैले यो आँट र साहसका लागी उनलाई धन्यवाद दिँदै सहयोग गर्ने प्रतिवबद्धता पनि व्यक्त गरेका छन् ।

कतिपय सामाजिक संजाल प्रयोग कर्ताहरुले सागरको साहसलाई सम्मान गर्दै सकेको आर्थिक सहयोग गर्ने घोषणा समेत पनि गरेका छन् । ढकालले देउवालाई कुनै गाली गलौज गरेका छैनन् उनले देउवालाई हजुरबुवा भन्दै सम्मानका साथ यस पटक चुनाव हराएर आराम गर्न दिने भनेका छन् ।

सागरले आफु मात्रै चुनाव जितेर सांसदमात्रै बन्ने सपना देखेका छैनन् उनले देशैभरीबाट बहुमत स्वतन्त्र उमेदवारहरुलाई निर्वाचित गराएर प्रधानमन्त्रीनै बनेर मुलकलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउँने घोषणा गरेका छन् ।

Comment