Wednesday, August 10

दिल्लीमा प्रधानमन्त्री पत्नी राजनीतिक भेटघाटमा सक्रिय

July 27, 2022

काठमाडौं ।

गत असार २७ गते नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणाले त्यहाँ राजनीतिक भेटवार्ता शुरु गरेकी छिन् । उपचारका लागि भन्दै दिल्लीमा रहेकी उनले बुधबार मात्रै भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसाग भेटवार्ता गरेकी छिन् ।

चौथाइवालेलाई डा आरजु राणा देउवा आफैले गत वर्षको जनै पूर्णिमाका दिन प्रधानमन्त्री निवास बालुवाटार निम्ताएर राखी (दिदी वहिनीले दाजुभाईलाई हातमा बाधिदिने डोरो) बाधिदिएकी थिइन् ।

आरजृु राणा देउवा र आफनो भेट वार्ता भएको चौथाइवालेले आफनो समाजिक सन्जाल ट्वीटरमार्फत पुष्टि गरेका छन् । राणा एक महिना यता दिल्लीमा रहेर दिल्लीस्थित नेपाली दूतावासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिलली पुगेका बेला भेटवार्ताका लागि पनि आएकी थिइन् ।

उनको साउन ८ गते भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको थियो । डा आरजु राणा देउवाले शल्यक्रियामा सहभागी चिकित्सकलाई धन्यवाद दिँदै सामाजिक सन्जालमा फोटो पोष्ट गरेकी थिइन् । त्यसपछि केही दिन आराम गरेकी राणाले आज देखि राजनीतिक भेटवार्ता शुरु गरेकी हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुको दिल्लीमा शुरु भएको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आरजुको दिल्ली बसाइबारे दिल्लीस्थित नेपाली दूतावास जानकार रहे पनि उनका राजनीति भेटवार्ताबारे भने अनभिज्ञ छ ।

Comment