Wednesday, August 10

अष्ट्रेलियाको सिड्नीमा मृत फेला परेका दिदीबहिनीको परिचय खुल्यो

July 27, 2022

मेलबर्न अष्ट्रेलिया ।

प्रहरीले सिड्नीमा मृत फेला परेका २ दिदिबहिनीको तस्बीर सार्वजनिक गरेको छ। करीब २ महिना अघि सिड्नीमा मृत फेला परेका २ दिदिबहिनीको परिचय र तस्बीर सार्वजनिक गरिएको हो।

उनीहरू साउदी अरेबियाको भएको बताइएको छ। प्रहरीको अनुसन्धानका बाबजुद अहिलेसम्म पनि उनीहरूको मृत्युको कारण पहिचान हुन सकेको छैन।

गत जुन ७ तारिखमा क्यानटनबरी आरडीमा रहेको घरमा २४ वर्षीया अस्रा अबदुल्लाह अल्शेली र २३ वर्षीया अमाल अबदुल्लाह अल्शेली मृत फेला परेका थिए।

उनीहरूको शव एउटै अपार्टमेन्टको छुट्टाछुट्टै बेडरूममा फेला परेको थियो। उनीहरूको शवमा कुनै चोट समेत नदेखिएका कारण मृत्यु रहस्य नै रहेको छ।

प्रहरीले उनीहरूको मृत्यु ७ जुनभन्दा पहिला नै भएको हुनसक्ने अनुमान गरेको छ।

उनीहरू २०१७ मा साउदी अरेबियाबाट अष्ट्रेलिया पुगेका थिए। उनीहरूको बारेमा धेरै केही पत्ता नलागेको प्रहरीले बताएको छ। तर पनि प्रहरी मृत दिदिबहिनीको बारेमा अनुिन्धान गर्न सबैले सहयोग गर्ने अपेक्षा गरेको छ।

पछिल्लो अपडेट अनुसार प्रहरीले साउदी अरेबियामा रहेका उनिहरूका अभिभावकसँग सम्पर्क गरेको छ। उनीहरूले प्रहरीलाई यथेष्ट सहयोग गरिरहेको जानकारी दिइएको छ।

यस घटनाका बारेमा कसैसँग जानकारी भएमा 1800 333 000 यस नम्बरमा फोन गरेर सुचना टिपाउन अनुरोध गरिएको छ।

Comment