शुक्रबार १४ आश्विन २०७९

काठमाडौं ।नर्स प्रियंका वलीले गत ७ गते आफ्नो टिकटक अकाउन्टमा एउटा भिडियो हाले पछि चर्को विवादमा तानिइन् । विवादमा तानिउको केही दिन पछि उनले दुई हात जोडेर माफी मागेकी छन् ।

कार्यालय पोशाकमा उनले आफ्नै कार्यालयभित्र गरिएको तिज पार्टीमा उनीसहितका महिला कर्मचारीहरुले रमाइलो गरेको पोष्ट हालेृका थिए। जुन पोस्ट भाइरल बनेपछि उनीहरुको अलोचना भएको थियो ।

कतिले प्रियंकामाथि अमर्यादित गालीगलौज गरे भने कतिले रकारी पोशाकको दुरुपयोग गर्दै तिजका नाममा कार्यालयभित्रै उछृङ्खलता प्रदर्शन गरेको टिप्पणी गरे । दवावमा परेकी प्रियंकाले अन्ततः उक्त डान्सको भिडियो टिकटकबाट हटाउन वाध्य भएकी छन् ।

गीत र नृत्यको छनोटमा कमजोरी भएको स्विकार्दै सो भिडियोमा साथ दिने अन्य स्वास्थ्यकर्मीसँगै बसेर सामूहिक क्षमायाचना समेत गरेकी छन् । फी मागेको भिडियोमा प्रियंकाले सकारात्मक प्रतिक्रियाहरु प्राप्त गरेकी छन् । धेरैले उनलाई कमजोरी स्वीकार गरेकोमा धन्यवाद दिएका छन् ।

यो पनि – स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने भएको छ । राष्ट्रिय समावेसी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल)लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

५ भदौंमा आयोगले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदैं स्वास्थ्यकर्मीहरुको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै भएको जनाएको छ । आयोगले स्वास्थ्यकर्मीसँग गरेको अन्तक्रिया र अध्ययनबाट स्वास्थ्यकर्मीलाई अस्पतालहरुले निरन्तर २४ घण्टादेखि ३६ घण्टासम्म काममा लगाउने गरेको पाइएको थियो ।

त्यसपछि आयोगको २ भदौमा बसेको बैठकले प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी कार्य नगराउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यन्वयन गराउन ५ भदौंमा आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।

आयोगले श्रम ऐनअनुसार हप्तामा ४८ घण्टाभन्दा बढी काममा नलगाउन, प्रतिदिन ४ घण्टाभन्दा बढी र हप्तामा २४ घण्टाभन्दा बढी काममा नलगाउन र अतिरिक्त समयमा काममा लगाइएको अतिरिक्त भुक्तानी दिने व्यवस्था मिलाएर सघन अनुगमन गर्न समेत निर्देशन दिएको छ ।


Last Updated on: August 28th, 2022 at 1:49 pm

तपाईको प्रतिक्रिया