Wednesday, August 10

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो स्वयमसेवक, मंसिरमा रवि लामिछानेको भाग्य चम्किदै !

July 27, 2022

काठमाडौँ ।

रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वयमसेवक माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग भएको छ।

पार्टीले आज निकालेको सूचनामा आठ जना जनसम्पकर्क डेस्क स्वयसेवक मा भएको छ। बिहान १० देखि साँझ ६ बजेसम्म उनीहरूले काम गर्नुपर्ने हुन्छ भने समयावधि २ महिना मात्रै रहेको छ। यस्तै कम्प्युटर अपरेटर १० जना माग भएको छ।

उनीहरूले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ। पार्टीले सोसल मिडिया सहयोगी २० जना माग गरेको छ। उनीहरूले १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ।

स्वयमसेवा गर्न किन इच्छुक छु भन्ने व्यहोराको साथमा वैयक्तिक विवरण (सिभी) पनि [email protected] मा पठाउन पनि उक्त पार्टीले आग्रह गरेको छ।

मंसिरमा रवि लामिछानेको भाग्य चम्किदै !

शनिवार पोखरामा आयोजित गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्दै लामिछानेले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको बताए । मंसिरमा हुने चुनावको लागि आफु ब्यग्रह प्रतिक्षामा रहेको पनि वताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित टिप्पणी गर्दै देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने बताए । ‘तिम्रा ज्योतिष देखाएर मिति तोक । ज्योतिषा तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ’ उनले भने–‘ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको फैसला गर्नेछन् ।

सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतीक्षामा छु । तिम्रा ज्योतिषले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ ।’

कुनै लोभ डर नराखी आम सर्वसाधारणको जीवन बदल्न सकिन्छ भनेर राजनीतिमा लागेको वताएका उनले सिद्धान्तका ठेलीमा आफुलाई विश्वास नभएको पनि जिकिर गरे। लामिछानेलाई राजनीति आउँदैन भन्दै टिकाटिप्पणी हुने गरेको वताउँदै उनले आफुलाई वेथिती विरुद्ध लड्न र समस्यामा परेकाहरुलाई सहयोग गर्न आउने दावी गरे।

‘यसलाई राजनीति आउँदैन भन्दैछन्। हो, मलाई राजनीति आउँदैन र राजनीति गर्नु पनि छैन। मलाई विदेशमा बेचिएका चेलीलाई नेपाल ल्याउन आउँछ, राजनीति आउँदैन। मलाई यहाँ ठगिएको मान्छेलाई जेलभित्र कोच्ने नीति बनाउन आउँछ, राजनीति आउँदैन।’– उनले भने।

सिद्धान्तका किताव लेख्न मसी सकिएर नसकेको होईन भन्दै उनले त्यस्ता मसीमा विश्वास नगरेर नलेखिएको जिकिर गरे। उनले भने–‘सिद्धान्तका मोटा किताब लेख्न मसी सकिएको होइन, हामी त्यस्ता मसीमा विश्वास गर्दैनौं।’

बालेन्द्र र हर्कहरूलाई पार्टीमा ल्याउन प्रयास गर्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्ररूपमा जितेका बालेन्द्र शाह, हर्कराज राईलगायतलाई आफ्नो पार्टीमा ल्याउनको लागि प्रयास गर्ने बताएका छन् ।

शुक्रबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार हरूसँग संवाद गर्दै भने, ‘बालेन शाहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरूको साथ हामीलाई मात्र होइन, अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौँ ।

त्यसअघि उनले भनेका छन्, ‘हामीले पार्टी खोल्दा बालेन र हर्क निर्वाचित भइसक्नुभएको थियो । उहाँहरू निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौँ । तर उहाँहरूसँग कुरा भएको छैन । उहाँहरूले काम गरिराख्नु भएको छ । यो राम्रो हो ।’ यस्तै बालेन र हर्कहरूलाई असफल हुने छुट नभएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘उहाँहरूलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरूलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरू २४ सै घण्टा तयार हुने रविले बताएका छन् ।

जसले मलाई उठ्न सिकायो, उविरुद्ध कहिल्यै उठ्दिनँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दाजु हरिशरण लामिछानेसँग कुनैखाले मनमुटाव नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार रिपोटर्स क्लबमा आयोजित पार्टीको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग छलफल गर्दै उनले भने, ‘जसले मलाई उठ्न सिकायो, उवि’रुद्ध कहिल्यै उठ्दिनँ ।’

उनले आफूले दाजु हरिशरणबाट जहिल्यै आशीर्वाद लिँदै आएको र अझै लिने उनले बताए । ‘जसले मलाई हातमा डोर्‍याएर हिँड्न सिकायो, उविरुद्ध कसरी म जान सक्छु,’ उनले भनेका छन् ।यसअघि असार ७ गते रविले पार्टीको घोषणा गरेपछि उनका दाजु हरिशरणले भनेका थिए— राष्ट्रिय स्वतन्त्र पार्टीमा आजीवन जान्नँ ।

यसप्रति सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘छलफल हुन्छ । छलफल पनि कहिलेकाहीँ आफ्नै तवरले अगाडि बढ्छन् । कहिले पारिवारिक छलफल हुन्छ । कहिले राजनीतिक छलफल हुन्छ । चुनावसम्ममा अवस्था परिवर्तन हुनसक्छ । हामी देशको बेथितिविरुद्ध लड्ने हो, आफैँ लड्दैनौँ ।

Comment