फेसबुकमा पोष्ट गरेकै निहुँमा अमेरिकामा श्रीमानले लिए श्रीमतीको ज्यान – Gandaki Chhadke
Friday, August 12

फेसबुकमा पोष्ट गरेकै निहुँमा अमेरिकामा श्रीमानले लिए श्रीमतीको ज्यान

July 27, 2022

काठमाडौं ।

‘आफूले माया गरेको मान्छेबाट छुट्टिदाँ दुख लाग्छ । तर यो झनै पीडादायक हुन्छ, जब तपाईं लापरवाह मान्छेलाई माया गर्नुहुन्छ ।’

सामाजिक सञ्जालमा लेखिएका केही यस्तै शब्दहरू पाकिस्तानी मुलकी अमेरिकी सानिया खानका लागि मृत्यु बनेर आयो ।

उनी श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहन्थिन् । तर त्यसअघि नै उनका श्रीमानले उनको हत्या गरिदिएका हुन् । त्यसपछि श्रीमानले पनि आफ्नै ज्यान लिए ।

श्रीमतीको हत्या गर्न श्रीमान करिब ११ सय किलोमिटर यात्रा गरेर उनी कहाँ पुगेका थिए ।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको छ, किनकी महिलाले सामाजिक सञ्जालमा यस्ता धेरै पोष्ट लेखेकी छिन्, जसबाट उनी आफ्नो पतिसँग सम्बन्धविच्छेद गर्न चाहन्छिन् भन्ने स्पष्ट हुन्छ ।

सानियाले टिकटकमा एउटा भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा उनले दक्षिण एसियाली मूलकी महिलाले सम्बन्धविच्छेदका लागि कत्तिको कठिनाइको सामना गर्नुपर्छ भन्ने कुरा बताइन् ।

सानिया प्रोफेशनल फोटोग्राफी गर्न अमेरिकाको अल्फ्रेटाबाट शिकागो पुगेकी थिइन् । गत साता यहीँ उनका पति राहिल अहमदले सानियाको गोली हानी हत्या गरेका थिए ।

त्यसपछि आफैले आत्महत्या गरेका हुन् । राहिल सानियाको हत्या गर्न अल्फ्रेटा (जर्जिया) बाट स्ट्रीटभिल (इलिनोइस) सम्म यात्रा गरेका थिए ।

शिकागो प्रहरीले गत सोमबार २९ वर्षीया सानिया र ३६ वर्षीय राहिलको मृत्यु पुष्टि गरेको छ । दुबैको टाउकोमा गोली लागेको छ ।

सानियाको घटनास्थलमै मृत्यु भएको थियो । अर्कोतिर राहिललाई नर्थवेस्टर्न अस्पताल लगिएको थियो, जहाँ उनलाई केही समयपछि मृत घोषणा गरियो । मेडिकल जाँचपछि सानिया खानको हत्या भएको खुलेको थियो ।

सानियाले हालै भनेकी थिइन्, ‘यदि दक्षिण एसियाली मूलका महिलाले सम्बन्धविच्छेदको चरणबाट गुज्र्छन् भने उनीहरुको जीवन असफल भएको मानिन्छ । तपाईं कसैसँग भावनात्मक रूपमा मिल्नुहुन्न । जनताले के भन्ने ? यो धेरै विचलित पार्ने खालको छ ।’

सानिया खानका केही साथीहरूले मिडियासँगको कुराकानीमा आफू आफ्नो विवाहबाट खुशी नभएको स्वीकार गरेका छन् । सानियाकी साथी गेब्रिएला बोर्डोले टिकटकमा लेखेको कुरा आफूलाई पनि थाहा भएको बताइन् ।

बोर्डोले भनिन्, ‘सानिया र राहिलको परिवार दुवै सँगै बसुन् भन्ने चाहान्थे ।’ टेक्सासमा बस्ने मनोवैज्ञानिक सामिया मुश्ताकले सन् २०१३ मा सम्बन्धविच्छेद गरेकी थिइन् ।

आफ्नो वैवाहिक जीवनमा खुशी नभए पनि त्यसलाई पछ्याउने चलन दक्षिण एसियाली संस्कृतिमा रहेको उनले बताए ।

किनभने सफल विवाहलाई सर्वोच्च शिखर मानिन्छ । मुश्ताकले दक्षिण एसियामा विवाहपछि सम्बन्ध विच्छेद गर्न निकै गाह्रो भएको कुरा स्वीकार गरेका छन् ।

Comment