शुक्रबार १४ आश्विन २०७९

हेटौँडा – हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृ’त्यु भएको हो ।

पूर्व–पश्चिम सडकखण्डको हेटौँडा–९ मा हेटौँडाबाट बारातर्फ जाँदै गरेको ग२२प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना४ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हुँदा बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन् ।

घाइते विकको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । मृ’त्यु भएकी विकका श्रीमान् २९ वर्षीय आदर्श विकको भने हातमा सामान्य चोट लागेको छ ।विककै ५ वर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ ।

घाइते आदर्श र आशिकको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए । त्यस्तै रुपन्देहीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृ’त्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा शुद्धोधन गाउँपालिका–१ की १२ वर्षीया समीक्षा खराल र ७ वर्षीय सुप्रिम खरालको मृत्यु भएको भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दिदीभाइ हुन् ।तिलोत्तमा नगरपालिका–६ गोरकट्टामा आइतबार साँझ ५:४ बजे लु ६१ प ६१३० नम्बरको मोटरसाइकल र विपरीत दिशामा रहेको लु २८ प ७३४३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

लु ६१ प ६१३० नम्बरको मोटरसाइकल चालक ३४ वर्षीय सुरज काफ्ले घाइते र सोही मोटरसाइकलमा सवार कमला खराल घाइते छिन् । उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लु २८ प ७३४३ नम्बरको मोटरसाइकलका चालक बुटवल–७ का २६ वर्षीय सुरज थापा र सुवास खनाल सामान्य घाइते छन् । उनीहरुको पनि क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: August 28th, 2022 at 8:43 pm

तपाईको प्रतिक्रिया