Wednesday, August 10

बढि बाठो बन्न खोज्दा नमज्जाले फसे प्रचण्ड , देउवाले भाउ दिन छोडेपछि सुरु भयो छट्पटी !

July 27, 2022

काठमाडौँ ।

नेपाली काग्रेसलाई साइजमा राख्न भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले लगाएको नयाँ आइडियाले काम नगर्ने देखिएको छ । काग्रेसलाई तर्साएरै धेरै सिट हात पार्ने दाउमा प्रचण्डले थापेको समाजवादी केन्द्र नामको च्याँखेमा काग्रेस नपर्ने देखिएको छ ।

समाजवादी केन्द्र बनाउँने भनेर प्रचण्ड दौडन थाले पछि प्रधानमन्त्री तथा काग्रेस सभापती शेरबहादुर देउवाले मात्रै होइन काग्रेसका कुनै पनि नेताले उनलाई भाउ दिन छोडेका छन् । यो विचमा काग्रेसको कुनै पनि उच्च तहबाट प्रचण्डसँग संवाद भएको छैन । काग्रेसले प्रचण्डले बार्गेनिङ गर्न खोजेको भन्दै भाउ नदिने रणनिती बनाएको बताइन्छ ।

काग्रेस नेताहरुले खुलेयाम प्रचण्डले बार्गेनिङ गर्नका लागी समाजवादी केन्द्र र बाम एकताको तुरुप अघि सारेको आरोप लगाइरहेका छन् । प्रचण्डले कति सम्म गर्दा रहेछन् हेर्ने र आवश्वयक पर्यो भने मात्रै उचित कदम चाल्ने तरखरमा देउवा रहेको बताइन्छ । काग्रेसका अरु नेताहरु पनि प्रचण्डको गतिविधी नियालीरहेको खबर छ ।

हालसालै इण्डियाको भ्रमण गरेर फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपाल फर्किए लगत्तै नेपाली काग्रेसलाई साइजमा राख्ने रणनिति बुनेर बनाएको प्लान बी केहि दिनमै चौपट भएको विश्लेषण सुरु भएको छ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेसको केन्द्रिय कार्यसमितीको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बहुमत ल्याउँने गरी मात्रै सत्तारुढ दलसँग गठबन्धन गर्ने र पाँच बर्ष आफ्नै नेतृत्वमा स्थिर सरकार चलाउँने निर्णय गरे पछि अत्तालिएका प्रचण्ड असीन पसिन हुँदै दौडन थालेका थिए । त्यो दौडाइको रिजल्ट पनि नआउँने देखिएको छ ।

दिल्लीबाट फर्किए लगत्तै एक दिन पनि आराम नगरी प्लान बी बनाएर काग्रेस तर्साउँने मिसनमा लागेका प्रचण्ड अन्तत निराश बन्नु पर्ने अवस्थामा पुगेको बताइन्छ । काग्रेसलाई देखाउँनैका लागी उनले समाजवादी केन्द्र निर्माण गर्ने भन्दै बाम एकताको तुरुत फालेका थिए । समाजवादी केन्द्र नामको प्रचण्डको तुरुप ढुस हुने सम्भावना देखिएको छ ।

मोआवादी छोडेर नयाँ शक्ति हुँदै अहिले जसपामा पुगेर उपेन्द्र यादवको हातबाट कारबाही खाएर बसेका बावुराम भट्राई सँग प्रचण्डले यो बिचमा दुई पटक गम्भिर बर्ता गरिसकेका छन् । अहिले राजनितीक बेरोजगार रहेका भट्टराईलाई पार्टीमा भित्राउँन प्रचण्डले निकै जोडबल लगाए पनि बावुराम विस्तारै टाढिदै गएको खबर छ ।

माओवादी केन्द्रको नाम फेरेर समाजवादी केन्द्र नाम राखेमा प्रचण्डसँगै फर्कन तयार देखिएका बावुराम अहिले आफ्नै पार्टी निर्माणको तयारीमा लागेका छन् । बावुरामले आफ्नै श्रीमती हिसिला यमीलाई अध्यक्ष बनाएर नयाँ पार्टी खोल्न लागेको बताइन्छ । बल्ल बल्ल लाइनमा ल्याएको मान्छेनै फुत्कने लागे पछि प्रचण्डको प्रेसर बढेको छ । यता नेकपा एसका नेताहरु पनि प्रचण्डको खेलको पछि नलाग्ने भन्न थालेको बताइन्छ ।

बावुराम भट्टराई प्रती हालसालै एक सार्वजनिक टिप्पणीमा मैलै बावुराम जस्तो अप्ठेरो डाक्रलाई पच्चीस बर्ष सम्म कसरी झेले होला रु भनेर प्रचण्डले गुनासो गरेका थिए । भट्टराईलाई व्यक्तिवादी नेताको आरोप लगाएका उनी फेरी एक पटक बावुरामबाटै धोका खाने अवस्थामा पुगेका छन् । प्रचण्डलाई साथ दिने बामदेव गौतम बाहेक कोहि नहुने देखिएको छ ।

समाजवादी केन्द्र काग्रेससँग बार्गेनिङ गर्ने अस्त्रका रुपमा प्रचण्डले प्रयोग गर्न खोजे पछि नेकपा एसका नेताहरु पनि झस्किएका छन् । एकातिर बाम गठबन्धनको हल्ला चलाएर एमालेसँग मिल्न लागेको भनेर काग्रेसलाई थर्कमान बनाएर धेरै सिटमा बार्गेनिङ गर्ने अर्को तिर माधव , बावुराम ,झलनाथ , बामदेव सबै मेरै वरिपरी घुमिरहेका छन् भन्ने देखाउँने प्रचण्डको दाउ बुझे पछि समाजवादी केन्द्र बनाउँने भनेर लागेकाहरुनै उनीसँग टाढिँदै गएका छन् ।

अन्तिममा प्रचण्डलाई साथ दिने बामदेव गौतम एक जना मात्रै हुने अवस्था देखिएको छ । राजिनितिक भाषामा भन्नुपर्दा घरको न घाटको जस्तो अवस्थामा पुगेका बामदेव तारन्तर प्रचण्ड निवास खुमलटार पुगिरहेका छन् । एक्लो भएका गौतमलाई आउँदो चुनावमा गठबन्धन गरेर एक सिट मात्रै भए पनि जित्न पाए हुने भन्ने लोभ देखिएको छ । बामदेवको लोभको घैलो प्रचण्डले भरिदिने आशा उनले पालेका देखिन्छन् ।

यता प्रचण्डको डिजाइनमा बन्ने भनिएको समाजवादी मोर्चामा सहभागी हुने की नहुने भन्ने बिषयमा नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एस भित्र पनि दुई खेमा देखिएको छ । अध्यक्ष माधव कुमार नेपाल प्रचण्डसँग पार्टी एकतानै गर्न पनि तयार देखिन्छन् भने झलनाथ खनाल पक्ष प्रचण्डसँग जानु भन्दा एमाले तिर फर्कने तयारीमा रहेको बताइन्छ ।

झलनाथ खनाल सहितको ठूलो टिमलाई एमाले भित्राउँनका लागी एमाले अध्यक्ष ओलीको विशेष निगरानीमा टिम परिचालन भएको बताइन्छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे लगायतको टिमले यसमा काम गरिरहेको स्रोतले बताएको छ ।

नत समाजवादी केन्द्र बन्ने, नत काग्रेस तर्सने, नत एमाले अध्यक्ष केपी ओलीले बाम गठबन्धनमा सहमती जनाउँने अवस्था देखिए पछि प्रचण्ड निराश रहेको बताइन्छ । अब मलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन भनेर फुँइ लाउँदै हिँडेका उनी अहिले यो निर्वाचन प्रणाली र शासन प्रणालीले चुनाव लड्नै नसक्ने अवस्था आयो भन्दै गुनासो गर्न थालेका छन् ।

Comment