Monday, August 15

आलिया भट्टले जुम्ल्याहा सन्तान जन्माउँदैछिन् भनेर रणवीरलाई कसले झुठो भन्न लगायो ?

July 27, 2022

काठमाडौं ।

बलिउड नायिका आलिया भट्टले जुम्ल्याहा सन्तानको आमा बन्ने भन्ने खबर झुटो भएको बताइएको छ ।

आलियाले आरजे सिद्धार्थ कननसँगको कुराकानीमा सबै अड्कलबाजीमाथि पूर्णविराम लगाउँदै आफूले जुम्ल्याहा बच्चा नजन्माउने स्पष्टिकरण दिएपछि उनी जुम्ल्याहा सन्तानको आमा बन्न लागेको भन्ने खबर झुठो भएको पुष्टि भएको छ ।

आलिया र रणबीर जुम्ल्याहा सन्तानका अभिभावक बन्न लागेको खबर पनि भारतीय सञ्चार माध्यममा भाइरल बनिरहेका बेला आलियाले ति सबै खबरहरु झुठो भएको पुष्टि गर्दै रणबीर कुनै रिलमाथि मजाक गरिरहेका थिए र उनले आफ्नै खुट्टामा बञ्चरो हानेको आलियाले प्रतिक्रिया दिएकी छिन् ।

आलियाले भनिन्, ‘हे भगवान, सिंगुलर । रणबीर कुनै रिलमाथि मजाक गरिरहेका थिए र उनले आफ्नै खुट्टामा बञ्चरो हानेका छन् । हाम्रो देशमा अरु कुनै ठूला खबर छैनन् कि यो ठट्टा पनि समाचार बन्यो ।

खासमा एक अन्तरवार्तामा रणबीर कपुरलाई आफ्ना बारे साँचो र झुटो कुरा भन्न लगाइएको थियो र त्यसमध्ये रणबीरले आलियाको जुम्ल्याहा सन्तान हुनसक्ने मजाक गर्न लगाइएका बेला यही मजाकलाई भारतीय मिडियाले समाचार बनाएपछि उक्त समाचार झुठो सावित भएको हो ।

यो मजाकलाई रणवीरले समाचार नबनाईदिन समेत आग्रह गरेका थिए । यद्यपी उक्त मजाक नै अहिले भाइरल समाचार बन्न पुग्यो ।

Comment