शुक्रबार १४ आश्विन २०७९

मोरङको केराबारी ८ शान्तिटोलकी एकजना महिला ९बर्षीया छोरीसहित वेपत्ता भएकी छन्। २८बर्षीया रिता चापागाईं फुयाल बेपत्ता भएकी हुन्। गत साउन ३ गते दिउँसो ३ बजे फुयालले ९वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने मंगलबारे बजारमा सामान किन्न भनेर हिडेर नफर्किएकी हुन् ।

उनको खोजीका लागि उनका श्रीमान् सूर्यप्रसाद फुयालले इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा निवेदन दिएका छन्। धरान काठमाडौँ रुटमा चल्ने मितेरी बसका स्टाफले दिएको जानकारी अनुसार आफ्नी श्रीमती साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको सूर्यप्रसादले बताएका छन्।

लामो समय विदेशमा श्रम गरेर फुयाल ६महिना अगाडि स्वदेश फर्किएका थिए। घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यहि कारणले घर छोडेको हुन सक्ने बताएका छन्। यद्यपि आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन उनले अपिल गरेका छन्।

यो पनि – नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर दीपा न्यौपानेसम्मिलित डन बोस्को फुटबल एकेडेमीले आइतबार केरला वुमेन्स लिगमा बलियो केरला ब्लास्टरविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।महाराजा कलेज स्टेडियम केरलामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

लिगको तालिकमा केरला ब्लास्टर शीर्ष स्थानमा छ भने डन बोस्को दोस्रो स्थानमा छ ।अगस्ट १० देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा दीपाको टिम डन बोस्कोले लड्स एफएसँग खेलेको थियो । जसमा डन बोस्को १२–२ को नजितामा पराजित भएको थियो ।

दोस्रो र तेस्रो खेलमा क्रमशः एमिरेट्स एससीलाई ५–२ र कडाथानाड राजा एफएलाई ९–१ ले र चौथों खेलमा एसबी एफएफ पुभरलाई ६–० ले पराजित गरेको थियो । लिगमा दीपाले हालसम्म तीन खेलमा ९ गोल गरेकी छिन् ।


Last Updated on: August 28th, 2022 at 10:52 pm

तपाईको प्रतिक्रिया