सहमतिमै यौनसम्पर्क, गाउँले देखेपछि ‘बलात्कार’ ! – Gandaki Chhadke
Friday, August 12

सहमतिमै यौनसम्पर्क, गाउँले देखेपछि ‘बलात्कार’ !

July 28, 2022

जनकपुरधाम ।

धनुषामा किशोरी बलात्कारको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।किशोरीलाई उनकै घरबाट उठाएर लगि बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ की १८ बर्षिय युवतीले आफू पिसाब फेर्न बाहिर निस्कदा युवक (अपराध पुष्टि नभएकोले नाम गोप्य राखिएको) ले आफूलाई उठाएर लगि बलात्कार गरेको आरोप लगाइएको छ ।

राती पिसाब फेर्न निस्केकी युवति धेरै बेरसम्म घर नआएपछि उनको खोज तलास गरिएको थियो । यद्यपी, युवतिले एक जना युवकको मात्रै नाम भनेपनि युवकले उनलाई उठाउँदा उनले प्रतिकार, हल्ला वा चिच्याइनन् ।

“एक्लै युवकले १८ बर्षकी किशोरीलाई उनको घरबाट उठाउँदा किशोरीले हल्ला किन गरेनन त्यतिबेला ? जबरजस्ती गरेको भए किशोरी हो–हल्ला गर्नुपर्ने, चिच्याउनुपर्ने, गुहार माग्नुपर्ने थियो, तर त्यस्तो केही गरिएको देखिएको छैन ।”– उहाँले बताउनुभयो ।

घरबाट पिसाब फेर्न किशोरी बाहिर निस्केकी र धेरै बेरपछि पनि घर नआएपछि उनको खोजतलास सुरु गरिएको थियो । केही घण्टापछि युवकसँगै घर आएकी युवतिको परिवार, आफन्तजन र स्थानीयहरुले युवकलाई नियन्त्रणमा लिइ निर्घात कुटपिट गरेको हो ।

कुटपिटपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बोलाएर प्रहरीको जिम्मा लगाएपछि किशोरी र युवकको स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको जनाइएको छ ।

कुटपिटले युवक घाईते भएका छन् । उनको उपचार पनि प्रादेशिक अस्पतालमै भइरहेको जनाइएको छ । प्रहरीका अनुसार, सहमतिमै यौनसम्पर्क राखेपछि गाउँलेहरुले देखेपछि जबरजस्ती भनिएको हो । यद्यपी उमेर हदका कारण बलात्कार नै मानिने जनाइएको छ ।सांकेतिक फोटो

Comment