बुधबार १९ आश्विन २०७९

काठमाडौं । अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको ज्यान गएको राज्य प्रहरीले जनाएको छ ।हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।

“प्रारम्भिक विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो। अष्ट्रेलियाको यातायात सुरक्षा ब्युरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ।

यो पनि – एअर फ्रान्सको एउटा विमानभित्र हात हालाहाल गरेपछि दुई विमानचालकलाई निलम्बन गरिएको विवरण प्रकाशित भएको छ। जिनिभाबाट फ्रान्सको राजधानी प्यारिसका लागि उडेको एउटा एअरबस ए३२० का चालक र सहचालकले ककपिटभित्र मुक्का हानाहान गरेको स्विट्जरल्यान्डको ला ट्रिबुन पत्रिकाले जनाएको छ।

उक्त घटना जुन महिनामा भएको थियो। ककपिटभित्रबाट हल्ला आएपछि चालकदलका अन्य सदस्यहरूले हस्तक्षेप गरेका थिए। विमान सुरक्षित रूपमा अवतरण गरुन्जेलसम्म चालकदलका अर्का एक सदस्य पनि ककपिटभित्रै बसेका थिए।एअर फ्रान्सको उक्त घटनाले उडान प्रभावित भएको दाबी ला ट्रिबुनसँग गरेको छ।

गत साता फ्रान्सको उड्डयन क्षेत्रबारे अनुसन्धान गर्ने निकायले एअर फ्रान्समा सुरक्षाविधिबारे बलियो प्रचलन नभएको भन्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। त्यसपछि बल्ल जुन महिनाको उक्त घटना सार्वजनिक भएको हो।विमानभित्र चालकहरूबीच विवाद उत्पन्न हुँदा हात हालाहाल भएको घटना यसअघि पनि आक्कलझुक्कल सार्वजनिक भएको थियो।

सन् २०१८ को नववर्षको दिन लन्डनबाट मुम्बईका लागि उडेको जेट एअरवेजको विमानमा पनि त्यस्तै घटना भएको थियो। जेट एअरवेजले ती दुवै विमानचालकलाई सेवाबाट निष्काशन गरेको थियो। ती दुईमध्ये एक महिला र एक पुरुष थिए।


Last Updated on: August 29th, 2022 at 11:10 pm

तपाईको प्रतिक्रिया