Monday, August 15

एक महिनामा नै करोड बढी कमाउँछु भन्दै टिकटकमा फुर्ति लगाउने युवतीको जागिर चट

July 28, 2022

काठमाडौं ।

आफ्नो तलब २५ लाखभन्दा धेरै बढेको कुरा सुनाए लगत्तै यी युवतीको जागिर चट भएको छ ।लेक्सी लार्सन नामकी युवतीले टिकटकमा आफ्नो पारिश्रमिक बारे जानकारी दिने भिडियो बनाएर पोस्ट गरेको केही दिनमा नै उनको जागिर गएको हो ।

निकालिनुअघि उनले टेक उद्योगमा नयाँ जागिर पाएको र उनले वार्षिक ९० हजार डलर पाउने बताएको केही क्षणमा नै उनले जागिर गुमाउन पुगेकी हुन् ।

भिडियोमा लेक्सीले अमेरिकाको डेनभरमा बस्दा आफ्नो खर्च गर्ने बानीको र जागिर पाएको विषयमो कुरालाई उठाएकी थिइन् ।

टिकटककै कारण आफ्नो जागिर चट भएपछि लेक्सीले टिकटकका कारण मैले जागिर गुमाएको जानकारी दिँदै भनिन् मैले जागिर सुरु गरेको दुई सातापछि मात्रै कम्पनीबाट निकालिएको उनले बताइन् ।

लेक्सीले भनिन् कि कम्पनीले यसको पछाडि सुरक्षा चिन्ताको कारण बताएको छ। युएसए टुडेले नियोक्ताहरूका लागि सामाजिक सञ्जाल निगरानी नीतिको सन्दर्भमा कानूनी फर्म जोसेफ एण्ड नोरिन्सबर्ग एलएलसीका साझेदार बेनिता जोसेफसँग कुरा गरेको छ।

भिडियोका कारण लेक्सीका टिकटक फलोअर्स निकै बढेका छन् । अहिले करिब ३३ हजार मानिसले उनलाई पछ्याइरहेका छन् ।

Comment