मंगलबार १८ आश्विन २०७९

काठमाडौं । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतस्थित अल्डरसटका एक नेपाली काउन्सिलर श्रीमति कुटेपछि प्रहरी कस्टडीमा पुग्नु पर्यो । परस्त्री रुचाउने युवा व्यवसायी प्रवेश केसीले मदिरा सेवनपछि मातेर दोश्रो श्रीमति कुटेका थिए ।

श्रीमतिले पुलिसमा फोन गरिदिएपछि उनी एक रात प्रहरी कस्टडीमा बस्न वाध्य भएका हुन् ।घट्ना गत साताको हो । काउन्सिलर केसी जमानतमा निस्किएको र उनीमाथि श्रीमतिसंग सम्पर्क गर्न वा नजिक आउन प्रतिवन्ध लगाइएको समाचार श्रोतले बताएको छ ।

बेलायतमा घरेलु हिंसाविरुद्धको कानून कडा मानिन्छ ।एक जिम्मेवार स्थानीय जनप्रतिनिधिले रक्सीले मातेर श्रीमति कुटेको घटना विरलै सुनिन्छ । यसकारण पनि केसीले रेकर्ड ब्रेक गरेर गोर्खाले राखेको नेपाली समुदायको प्रतिष्ठा गिराएका छन् ।

अल्डरसटमा रहेको न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिकासंग केसीको हिमचिम बढी नै छ । उनीहरुको निकट सम्बन्धका कारण विगतमा पनि परिवारमा मनमुताव आएको बताइन्छ ।पहिलो श्रीमतिसंग सम्बन्ध विच्छेद हुनुको कारण पनि केसीको परस्त्री नै रहेको समाचार श्रोतको भनाइ छ ।

केसीले कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा जितेका थिए । उनी कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति पनि हुन् ।


Last Updated on: August 30th, 2022 at 10:27 am

तपाईको प्रतिक्रिया