Monday, August 15

बारुलाले टोकेर चिच्याएकी युवतीलाई सहयोग गर्ने बहानामा बलात्कार गर्न खोज्ने निलमणि पक्राउ

July 28, 2022

रुपन्देही ।

घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा सैनामैना स्थित गढवा घर भएका ४८ वर्षीय निलमणि दमाई पक्राउ परेका हुन् ।

साउन १० मा बारुलाले टोकेर युवती चिच्याएको सुनेर दाउरा काटिरहेका निलमणि युवती भएको ठाउँमा पुगेका थिए । सहयोग गर्ने बहाना बनाएर उनले बलात्कार प्रयास गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।

बलात्कार प्रयास भएपछि युवती बलपूर्वक उनको पञ्जाबाट फुत्केर भागेकी थिइन् । आरोपितविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

यो पनि -यस पटकको माध्यमिक शिक्षा परीक्षा एसईईमा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार अक्सफोर्ड माबि र होराइजन माबिका २-२ जना र कालिका मानव ज्ञान विद्यालयका १ जनाले जीपीए ४ ल्याएका हुन् ।

कालिका मानव ज्ञान सामुदायिक विद्यालय हो । कालिकाका विवेक न्यौपानेले ४ जीपीए ल्याएका हुन् । बुटवलको कालिकानगरमा रहेको कालिकाबाट एसईईमा सहभागी ६ सय १ जनामध्ये ३.६ देखि ४ सम्म ६७ जना, ३.२ देखि ३.६ सम्म १ सय ४६ जना, २.८ देखि ३.२ सम्म २ सय ८ जना, २.४ देखि २.८ सम्म १ सय ४४ जना, २.० देखि २.४ सम्म ३९ जना र १.६ देखि २ जीपीएसम्म १ जना उत्तीणर् भएको विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिए ।

सामुदायिक विद्यालयतर्फ कान्ति मा.वि. बुटवलका सहभागी ३ सय ८३ जना विद्यार्थीमध्ये राजन शर्मा पौडेलले सबैभन्दा बढी ३.९ जीपीए प्राप्त गरेका छन् ।त्यस्तै अक्सफोर्डका बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए ४ ल्याएका छन् ।

अक्सफोर्डबाट सहभागी १ सय ११ जनामध्ये ३.२ भन्दा माथि ५१ जना र २.८५ भन्दा माथि ४८ जना विद्यार्थी उत्तीणर् भएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

यस्तै, न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट २ जनाले जीपीए फोर प्राप्त गरेका हुन्। होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए ४ ल्याएको बिद्यालयले जनाएको छ। न्यू होराइजनबाट सहभागी ३०६ जनामध्ये विमर्श ज्ञवाली र स्प्रिया ढकालले जीपीए ४ प्राप्त गरेका हुन् ।

त्यस्तैगरी १२ जना ए प्लस, ४५ जना ए, ८३ जना बी प्लस, ८६ जना बी, ६३ जना सी प्लस र १७ जनाले सी ग्रेड ल्याएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।

यो विद्यालयका ३.६५ देखि ४ सम्म ७ जना, ३.२५ देखि ३.६ सम्म ४९ जना, ३.८५ देखि ३.२ सम्म १ सय जना, २.४५ देखि २.८ सम्म १ सय ४१ जना विद्यार्थी उत्तीणर् भएका छन् । त्यस्तैगरी २ देखि २.४ सम्म ६० जना, १.६५ देखि २ सम्म २२ जना, १.६ ल्याउने १ जना र १.४ ल्याउने २ जना रहेको विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले जानकारी दिए ।

कान्ति मा.वि. बुटवलमा खुला विद्यालयतर्फ ६६ जनामध्ये ५० जनाले कक्षा ११ पढ्न पाउने भएका छन् । रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी एसईईमा सामेल भएको जिल्ला शिक्षा इकाईले जनाएको छ ।

Comment