आइतबार १६ आश्विन २०७९

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह यति खेर तिब्र गतिमा एक्सनमा उत्रिएका छन् । कानुन विपरित बनेका अवैध संरचना हटाउन उनी आफैँ डोजर लिएर मैदानमा उत्रिएका छन् । बालेनको प्रशंसा देशव्यापी रुपमा चुलिएको छ ।

केहि समय अघि सम्म काठमाडौँको फोहोर उठ्न नसक्दा विस्तारै बालेनको आलोचना सुरु भएको थियो । त्यहि बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेनलाई लक्षित गर्दै लगातार फेसबुक स्टाटस लेखे पछि उनी केहि कमजोर पनि देखिएका थिए ।

एकातिरबाट हर्क साम्पाङको हमला , अर्कोतिर फोहोरको समस्या समाधान नभएको दिक्दारी र जनता पनि विस्तारै नकारात्मक बन्दै जाँदा बालेन डिफेन्सिब भएका थिए । उनका सामु कित आलोचना सहेरै थप कमजोर बन्दै जाने या कुनै एक्सनमै जाने विकल्प मात्रै बाँकी थियो ।

यहि विचमा जब बालेन आफैँ डोजर लिएर मैदानमा उत्रिए उनका सबै कमिकमजोरी मेटिएको छ र उनी प्रति अभूतपूर्व जनसमर्थन मिलिरहेका छ । मेयर होस् त बालेन जस्तो भन्नेहरु धेरै भेटिएका छन् । आलोचकहरुनै प्रशंसा गर्न थालेका छन् । यति गर्नका लागी पनि बालेनको सानो तिनो हिम्मतले पुग्ने थिएन । उनले ठुलो जोखिम लिएर डोजर चलाएका छन् ।

ेयति धेरै चर्चा कमाइरहेको एक्सनका कारण महानगरको नेतृत्व भएकाले स्वाभाविक रुपमा जस अपजसको भारी उनकै काँधमा पर्नेनै छ । तर जुन टिमले बालेनलाई निर्धक्क साथ दिइरहको छ जसका कारण पनि बालेन यो मिसनमा सफल भइरहेका छन् । अन्डर ग्राउण्ड पार्किङ खालि गराउने मिसनमा बालेनको सारथी बनेर खडा छिन् डिजाइजी मिरा चौधरी ।

डीआईजीमा बढुवा भएपछि चौधरीले ट्राफिक प्रमुख भएर सहरका सवारीको व्यवस्थापन गर्ने जिम्मा पाइन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भए पनि त्यहाँ हाजिर नहुँदै सरकारले काजमा ट्राफिकको जिम्मा दियो।

नेतृत्व सम्हाल्ना साथ उनैले काठमाडौंका मेयर बालेन्द्र शाहलाई सुझाएको विषय हो – काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउन्ड पार्किङको खोजी डीआईजी मीराको प्रस्तावमा बालेन्द्र सहमत भए। त्यसको एक महिना नबित्दै मेयर बालेन्द्र र डीआईजी चौधरी एकसाथ डोजर लिएर सडकमा निस्कन थाले।

त्यसैको परिणाम – ठूला भवनभित्रका व्यापारिक स्थल पार्किङका रूपमा खुल्न थालेका छन्।ठूला व्यापारिक भवनहरूले नक्सा पास गर्दै भवनमा पर्याप्त पार्किङको व्यवस्था गर्नुपर्ने हुन्छ। अहिले ट्राफिक कार्यालय र महानगरपालिकाले तिनै पार्किङको खोजी गरेका हुन्। केही दिनयता काठमाडौंका बानेश्वर, सुनधारा, न्युरोड लगायतका क्षेत्रमा डोजर लगाएर ती अवैध संरचना भत्काइँदैछ।

सवारीसाधनका पछाडि लेखिने सायरी एवं गजल मेट्ने अभियान थालेर कार्यकाल सुरु गरेकी डीआईजी मीराले त्यसमा केही आलोचना पनि खेपिन् । साहित्यको मर्म बुझ्न नसकेको र सस्तो प्रचारमा आउन खोजेको आरोप उनीमाथि लाग्यो ।

तर, डगमगाइनन् । स्कुल बस र विद्यार्थीका सवारीसाधनमा बिहानै सुरु गरिएको मापसे चेकिङले भने उनलाई माइलेज दियो । स्कुल बस चालकहरुले मादकपदार्थ सेवन गरेर सवारी चलाउने गरेको भेटियो । सीट क्षमता र मापदण्डविपरीत चलाइराखेका स्कुल बसलाई ठाउँको ठाउँ कारबाही सुरु गरिन् ।

‘विद्यार्थी र बालबालिका बोक्ने सवारीसाधनहरुमा यस किसिमको लापरबाहीलाई सामान्य रुपमा लिन सकिँदैन’, डीआईजी चौधरी भनिन् । मापसे चेकिङलाई बिहानै अरु सवारीसाधनमा पनि विस्तार गरियो । मापसे नदेखिने तर नशामा भएको जस्तो देखिने शंकास्पद चालकहरुमाथि लागुपदार्थ सेवन गरे नगरेकोबारे पनि परीक्षण थालियो ।

‘यी त सामान्य काम हुन्’, मीराले उक्त अभियानको क्रममा भनेकी थिइन् । एकदिन बिहानै भएको मोबाइल सम्पर्कमा उनले काठमाडौंका क्लबहरु नक्सापासविनाका ठाउँमा सञ्चालन भइरहेको संकेत गरिन् । त्यसैबीचमा थाहा भयो- काठमाडौं महानगरपालिकाले नक्सा पासविपरीतका बेसमेन्टहरु खाली गर्न निर्देशन दिएको रहेछ ।

पार्किङ प्रयोजनमा नक्सापास भएका बेसमेन्ट व्यापारिक रुपमा प्रयोग भइरहेको पाइएपछि महानगर बिउँझिएको रहेछ । यसरी महानगरलाई बिउँझाउने काम डीआईजी मीराले गरेको ट्राफिक अधिकारीहरु दाबी गर्छन् । साउनको पहिलो साता निकालिएको ३५ दिने सूचनापछि काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक उत्साहित थियो ।

‘काठमाडौं उपत्यकाको ठूलो समस्या पार्किङ हो । सडक पेटीदेखि गाडी गुड्ने बाटोमा समेत पार्किङ हुँदा एकातर्फ सडक सौन्दर्यता बिग्रिएको छ भने अर्कोतर्फ जामको समस्या देखिएको छ । यसको लागि अन्य प्रयोजनमा प्रयोग भइरहेका बेसमेन्टहरु खाली गर्नु समाधानको उत्तम उपाय थियो’, काठमाडौं उपत्यका ट्राफिकका एक ट्राफिक अधिकृत भन्छन् ।

बेसमेन्ट खाली गर्ने योजना अघि सारेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई ट्राफिकबाट बलियो आडभरोसा पाउने विश्वास पनि दिलाइएको बताइन्छ । ३५ दिने सूचनाको म्याद सकिएलगत्तै काठमाडौं महानगरका मेयर बालेन यतिबेला डोजर लिएर अवैध संरचना भत्काउँदै हिँडिरहेका छन् ।

बालेनसँगै कहिले अगाडि त कहिले पछाडि देखिन्छिन् डीआईजी मीरा । निकै चनाखो मुद्रामा देखिने उनी कसैले प्रतिवाद गर्नेबित्तिकै महानगरको ‘डिफेन्स’ मा अघि सर्छिन् ।

काठमाडौं महानगरभित्रका सबै अवैध बेसमेन्ट संरचना खाली गर्नेमा दृढ देखिन्छन् बालेन र हरेक एक्सनमा बालेनसँगै उभिएर उनको आत्मबल बढारहेकी छन् डीआईजी मीरा । मीरा नेपाल प्रहरीको व्यवसायिक अधिकृत मानिन्छिन् । उनी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वसदस्य पनि हुन्।

उनकै ब्याचीहरु उनीजस्तो तेज दिमाग भएकी महिला प्रहरी अधिकृत नेपाल प्रहरीमा अहिलेसम्म अरु नदेखेको बताउँछन् । हुन पनि मीराले अपराध अनुसन्धानमा अग्रपंक्तिमा आउने काठमाडौं उपत्यका अनुसन्धान कार्यालय ९तत्कालिन अपराध महाशाखा० देखि केन्द्रीय अनुसन्धान व्यु्रो ९सीआईबी०मा रहेर काम गरेकी छन् ।

तत्कालीन अपराध महाशाखाले गरेको डन दिनेश अधिकारी ‘चरी’ को इनकाउन्टरदेखि सीआईबीले एयरपोर्ट बाहिर बरामद गरेको ३३ केजी सुनमा मीरा नै अप्रेसन कमान्डर थिइन् । उनको ब्याचबाट नेपाल प्रहरीले आगामी चैतमा नयाँ आईजीपी पाउँदैछ ।

उनी स्वयं आईजीपीको दावेदार हुन् ।मीराले २०५१ चैतमा इन्सपेक्टरबाट प्रहरी सेवा सुरु गरेकी हुन् । त्यतिवेला एकसाथ भर्ना भएका चार जना महिला केही महिनाअघि एकैपटक डीआईजीमा बढुवा भएका थिए ।

नेपाल प्रहरीमा यति धेरै संख्यामा महिला अधिकृत एकैपटक डीआईजी बनेको यो पहिलो घटना हो । यसपटक बालेनलाई अघि सारेर मीरालाई काम गर्न सजिलो भइरहेको देखिन्छ । यसले उनलाई पनि चर्चामा आउन सघाएको छ।


Last Updated on: August 30th, 2022 at 11:18 am

तपाईको प्रतिक्रिया