मंगलबार १८ आश्विन २०७९

राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । उनले भने, ‘हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं । प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गर्छौं ।’

उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । यसैगरी बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पनि आजै नतिजा प्रकाशित गर्ने सम्भावना भएको बताए । उनले भने, ‘बेलुकासम्ममा नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग(अलग समयमा प्रकाशन गर्ने गरिएको थियो ।

तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ । कक्षा १२ को परीक्षा गत जेठको १६ गतेदेखि परीक्षा शुरू भएको थियो ।


Last Updated on: August 30th, 2022 at 11:56 am

तपाईको प्रतिक्रिया