भेट्न बोलाएर भनेको समयभन्दा ढिला आउने प्रेमीलाई प्रेमिकाले १३ लाख क्षतिपूर्ती माग्दै उजुरी दिइन् – Gandaki Chhadke
Friday, August 12

भेट्न बोलाएर भनेको समयभन्दा ढिला आउने प्रेमीलाई प्रेमिकाले १३ लाख क्षतिपूर्ती माग्दै उजुरी दिइन्

July 28, 2022

काठमाडौं ।

ढिलो गरी डेटमा जाने कुरा चलचित्रमा देखेको हुनुपर्छ । तपाईंको आफ्नो अनुभव पनि हुन सक्छ । तर यस्तो हुँदा अधिकांश अवस्थामा के हुन्छ ? तपाईंको साथि अलिकति रिसाउन सक्छ, फकाउन केही समय लाग्न सक्छ ।

तर अमेरिकामा त्यस्तो भएन । अमेरिकाको मिशिगन राज्यकी एक महिलाले एक पुरुषविरुद्ध १० हजार डलरको मुद्दा दायर गरेकी छन् । अर्थात् करिब १३ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर भएको हो । कारण थप रोचक छ, पुरुष डेटमा नपुगेको र आफूसँग झूट बोलेको भन्दै ती महिलाले उजुरी दायर गरेकी हुन् ।

न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्टका अनुसार यो घटना २०२० को हो । उक्त मुद्दाको अनलाइन सुनुवाइको क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेकाले यो कुरा बाहिर आयो । मिशिगनकी काशोन्टा शर्टले रिचर्ड जोर्डन नामका एक व्यक्तिलाई डेटमा नआएको भन्दै मुद्दा दायर गरेकी छन् ।

उनले आरोप लगाए अनुसार रिचर्डले आफ्नी आमाको जन्मदिनमा निधन भयो भनेर बहाना बनाएका थिए । रिचर्डले जानाजानी आफ्नो भावनामा चोट पुर्‍याएको काशोन्टाको आरोप छ ।

सुनुवाइका क्रममा काशोन्टाले न्यायाधीशमाथि चिच्याएको भिडियो पनि बाहिर आएको थियो । उनले न्यायाधीशले सोधेकोप्रश्नको जवाफसमेत दिन मानिन् । वास्तवमा, काशोन्टा रिचर्डले पर्जारीको मुद्दा चलाउन चाहान्थिन् । आफूसँग प्रमाणका लागि कागजात पनि रहेको दाबी उनको थियो ।

न्यायाधीशले शर्टलाई पर्जरी भनेको के हो भनेर पनि बुझ्न चाहेका थिए । उनले भनिन्, ‘झुट बोल्नु’ त्यसपछि न्यायाधीशले स्पष्ट पार्दै पर्जरी भनेको कुनै व्यक्तिले शपथ अन्तर्गत झूटो बयान दिनु हो र त्यसैले जोर्डनमाथि पर्जरीको मुद्दा चलाउन नमिल्ने कुरा बताए ।

जोर्डनले यो सम्पूर्ण विषयलाई समयको बर्बादी भनेका छन् । न्यायाधीश हर्मन मारबलले जोर्डनलाई भने, ‘यदि अदालतले मुद्दा खारेज गर्नुपर्छ भन्ने लाग्छ भने, उसले यसको लागि प्रस्ताव पेश गर्नुपर्छ ।’ क्लिपको अन्त्यमा, अदालतले मुद्दालाई सर्किट अदालतमा स्थानान्तरण गर्न आदेश दियो । यो निर्णयबाट काशोन्टा असन्तुष्ट रहेको क्लिपमा देख्न सकिन्छ ।

Comment