बुधबार १९ आश्विन २०७९

अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ ।

उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ । किशोरीले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत पलले आफूलाई ब’लात्कार गरेको बयान दिएकी थिइन् ।

यसरी बालिकाले नै बयान फेरिसकेको अबस्थामा पलको पक्षमा फैसला आउँन सक्ने पलको तर्फबाट बहस गर्दै आएका एक अधिबक्ताले बताएका छन् ।गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।


Last Updated on: August 30th, 2022 at 12:02 pm

तपाईको प्रतिक्रिया