Monday, August 15

नाम चलेको रेष्टुरेन्टमा गएर बर्गर खादा बर्गर भित्र भेटियो मरेको माउसुली !

July 28, 2022

काठमाडौं ।

एउटी महिला म्याकडोनाल्डको रेस्टुरेन्टमा बर्गर खाँदै थिइन् । त्यही क्रममा बर्गरबाट मरेको माउसुली निस्कियो । महिलासँगको यो घटना पेरिस नजिकैको एक रेस्टुरेन्टमा भएको हो ।

महिलाको परिचय भने खुलाइएको छैन । महिलाले भनिन्, ‘सबैभन्दा लाजमर्दो कुरा त यो घटनापछि रेस्टुरेन्टले १० प्रतिशत छुट दिएको थियो ।’रेस्टुरेन्टको यस्तो व्यवहारले महिलालाई चोट लागेको थियो ।

अब यस मामिलामा बर्गर कम्पनीविरुद्ध मुद्दा दायर भएको छ, जसको अर्को वर्ष सुनुवाइ हुनेछ। फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’ ले पीडित महिलासँग यसबारे कुरा गरेको थियो । महिलाको दाबी छ कि जब उनले बर्गरमा माउसुलीको बारेमा भनिन्, त्यहाँका कर्मचारीहरू अचम्ममा परेनन्।

त्यहाँ कुक वा सुपरभाइजर कोही पनि नआएको महिलाले बताइन् । महिलाकी साथीले माउसुलीलाई ससमा बेरिएको हुनाले यो बर्गर बनाउनेलाई पक्कै थाहा हुने बताएकी छिन् ।

पीडितले बर्गरको थोरै भाग मात्रै खाइन् । यो घटनापछि महिला बिरामी भइन् र उनलाई सुत्न पनि समस्या भयो । घटना भएको भोलिपल्ट महिला डाक्टरकहाँ गएर औषधि खानुपरेको थियो । उनले आफ्नो बच्चालाई स्तनपान गराउन छोडिन्। महिलाले सोचिन् कि यसले उनको बच्चामा साल्मोनेला संक्रमण हुन सक्छ।

रेस्टुरेन्टका प्रबन्धकले महिलासँग सम्पर्क गरे पनि म्याकडोनाल्डको व्यवस्थापनले उजुरीलाई गम्भीरतापूर्वक लिएको दाबी गरेको छ । व्यवस्थापनले भनेको छ कि उनीहरूले आन्तरिक रूपमा यस विषयमा छानबिन गरे तर “अप्रिय” केही भेटिएन।

Comment