
काठमाडौं । तीजमा गरिव जनताले के खाउँ भनेर चिन्ता गरिरहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई एभरेष्टमा रात्रि भोजको आयोजना गरेका छन् ।
शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले पाँचतारे होटेल एभरेष्टमा रात्रि भोजको आयोजना गरेका हुन् ।ओलीले तीजको अवसरमा रात्रि भोज आयोजना गरिएको जानकारी गराएका थिए ।
काठमाडौंको बानेश्वरस्थित एमभरेष्ट होटलमा एमालेका केन्द्रीय सदस्यहरू भोजमा सहभागी भएका छन् ।ओलीको महँगो रात्रि भोजमा केन्द्रीय सदस्यहरूले नाचगान गरेर रमाइलो गरेका छन् ।सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदै गरेको देखिएको छ ।
अब सबै चुनावमा खटिनुपर्ने भन्दै त्यसको लागि पनि यो जमघट भएको एक केन्द्रीय सदस्यले बताएका छन् ।ओलीले बेलाबेला महँगा होटेलमा यस्तै पार्टी गर्ने गर्दै आएका छन् । कम्युनिस्टहरूले महँगो रात्रि भोज गरेको कुरालाई लिएर विरोध भएको छ ।
ओलीका रात्रि भोज खान काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल पनि पाँचातारे होटेल एभरेष्टमा गएकी थिइन् ।काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’ले अबैध संरचनाहरू धमाधम भत्काइरहेका बेला ती कार्यक्रममा नदेखिएकी उप–मेयर डंगोल ओलीको रात्रिभोज खान र नाच हेर्न होटेलमा पुगेकी छिन् ।
कार्यक्रममा ओलीले गितार र हार्मोनियम पनि बजाएका थिए । केही युवतीहरूले नाच पनि देखाएका थिए । गितार बजाउनेमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ पनि थिए ।
ओलीले केही दिन अगाडि उपचार गर्ने पैसा समेत नरहेको अभिव्यक्ति दिएका थिए । अहिले आएर पाँचतारे होटेलमा महँगो भोज दिएका छन् । यो भोज भतेर गर्ने पैसा ओलीलाई कहाँबाट आयो ? प्रश्न उठेको छ ।