मंगलबार १८ आश्विन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले तीज पर्वको अवसरमा शुभकामना दिएका छन् । मंगलबार कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणाले आफ्नो फेसबुक पेजमार्फत तीजको शुभकामना दिएकी हुन् ।

राणाले आफू र प्रधानमन्त्री देउवाको सेल्फी फोटो खिचेर सामाजिक सञ्जालमा राखेकी छिन् । तडकभडक राणाले देखाएकी छैनिन् । राणाले आफ्नो इच्छाअनुसार चाडपर्व मनाउनुपर्छ, देखावटी गर्नु हुँदैन भन्ने सन्देश दिएको एकाथरीको मत छ भने अर्कोथरीले सम्पति हुँदाहुदै देखाउन मात्र खोजेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पत्नी राणाले भनेकी छिन्, ‘हरितालिका तीजको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना, शिव पार्वतीजीले हामी सबैको कल्याण गरुन् ।’ कांग्रेस नेतृ राणा सामान्य पहिरनमा छिन् । रातो कुर्ता, रातो र हरियो पोते लगाएकी छिन् ।

देउवाले आकासे रंगको सर्ट लगाएर सोफामा बसेका छन् ।नेतृ राणाले सुनका गहना लगाएकी छैनिन् । तर, प्रधानमन्त्री देउवा परिवारको हैसियत गहना नलगाउन सक्ने भने होइन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्।

खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ।

प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिएका छन्।

साथै उनले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन्।


Last Updated on: August 30th, 2022 at 1:58 pm

तपाईको प्रतिक्रिया