आइतबार १६ आश्विन २०७९

काठमाडाैँ । संघिय निर्वाचनका लागी ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी सरकारले गरेको छ । देशव्यापी रुपमा एकै चरणमा निर्वाचन हुने भए पछि एक लाख पचास हजार जना युवालाई म्यादी प्रहरीमा जागिर दिएर निर्वाचन गराउने तयारी निर्वाचन आयोगले गरेको छ ।

आवश्यक सबै तयारी पुरा भएको जनाइको छ । केहि दिनमै भर्ना खुल्ने खबर छ ।सरकारले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ । निर्वाचन सुरक्षार्थ सो संख्यामा ४० दिनका लागि म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरिएको हो ।

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । सोही निर्वाचनमा प्रहरीलाई सघाउन एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले सहमति दिएको बताइएको छ ।प्रहरी प्रधान कार्यालयले एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाएको थियो ।

नेपाल प्रहरीका कार्यवहाक आईजीपी सहकुल थापाले सरकारको निर्णय प्राप्त भएपछि थप प्रक्रिया अगाडि बढाइने बताए ।उनले भने, “हामीले यसपालि स्थानीय तहको निर्वाचनमा खटिएका म्यादीलाई प्राथमिकता दिने योजना बनाएका छौं । यसबारे आवश्यक गृहकार्य पनि हुँदै छ । विभिन्न निकायसँग समन्वय गरेर निर्वाचन सुरक्षा योजना पनि बनाइरहेका छौँ ।”

म्यादी प्रहरीलाई परीक्षालगायत छनोटमा केही सहजता गर्ने प्रहरी प्रधान कार्यालयको योजना छ । गएको वैशाखमा खटिएका म्यादी प्रहरीलाई भर्ना लिँदा स्रोत–साधनको बचत हुने र उनीहरूलाई अनुभव पनि भएकाले सुरक्षामा सहज हुने प्रहरी प्रधान कार्यालयको बुझाइ छ । छनोटका क्रममा पूर्वम्यादी प्रहरीको प्रमाणपत्र हेरिनेछ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको थियो । एक पटक म्यादी प्रहरी भइ सेवा गरेकाहरुका लागी सरकारले अन्य आकर्षक सेवा सुविधा पनी दिने बताइएको छ । यस बर्षको बजेटमै पनि यो कुरा उल्लेख गरिएको छ ।


Last Updated on: August 31st, 2022 at 12:18 am

तपाईको प्रतिक्रिया