मंगलबार १८ आश्विन २०७९

अभिनेता पल शाहमाथि लागेको ब’लात्कारको मुद्दामा सुनुवाइ स्थगित भएको छ ।जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको नावालिग ब’लात्कारको आरोप पक्राउ परेर थुनामा रहेका शाहको पेशी स्थगित भएको हो।

शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।गत ११ फागुनमा नाबालिग माथि पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो।

त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। त्यसपछि शाह गत ३० चैत देखी थुनामा रहेका शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि ब’लात्कारको अर्को मुद्दा रहेको छ ।

बुधबार तनहुँ अदालतमा पेशी स्थगित भएको भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ ।नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका शाह माथि जिल्ला अदालत नवलपुरमा पनि ब’लात्कारको अर्को मुद्दा छ ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।


Last Updated on: August 31st, 2022 at 3:17 pm

तपाईको प्रतिक्रिया