Wednesday, August 10

नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्रीः जसले देउवा, ओली र प्रचणलाई फोनमा धम्की दिएका थिए

July 28, 2022

काठमाडौँ ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु औपचारिक नेपाल भ्रमणका सिलसिलामा बिहीबार काठमाण्डु आइपुगेका छन् ।

लु नयाँदिल्ली हुँदै बिहीबार अपराह्न काठमाण्डु उत्रिएका हुन् । उत्तर छिमेकी चीनका शक्तिशाली विदेश विभाग प्रमुखको भ्रमण लगत्तै भएको शक्तिराष्ट्रका मन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लुले ेनपालका बसाइका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायतसँग भेट्ने कार्यक्रम छ । लु गत मंसिरमा पनि नेपाल आएका थिए ।

श्रोतका अनुसार उनले एमसीसी र एसपीपी सम्झौता अघि बढाउनेबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग कुराकानी गर्ने बुझिएको छ । मन्त्तिपरिषदबाट एसपीपी सम्झौताबाट पछ हट्ने निर्णय गरेर पनि सरकारले अमेरिकालाई पत्राचार नगरेको भन्दै सर्वत्र विरोध भइरहेका बेला लु नेपाल आएका छन् ।

उनै लुले केही महिनाअघि प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी सम्झौता संसदबाट अनुमोदन नगरे नेपाल चीनको उक्साहटमा लागेको बुझ्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

Comment