आइतबार १६ आश्विन २०७९

काठमाडौं। कंगारु त्यस्तो जनावर हो जुन अस्ट्रेलियामा मात्र पाइन्छ। अस्ट्रेलियाको कतिपय स्थानमा कंगारुका जनसंख्या यति छन् कि त्यहाँ कंगारुले आतंक पनि मच्चाउने गरेका छन्।

अस्ट्रेलियको क्वीन्सल्यान्डमा पनि धेरैभन्दा धेरै कंगारुहरु पाइन्छन्। तीमध्ये मारुम भन्ने ठाउँ त यतिबेला कंगारुको कब्जामै गएको छ। त्यहाँ २२० घर छ तर कंगारुको जनसंख्या बढी भएको त्यहाँ उक्त जनावरले मानिसहरुलाई आजित बनाएका छन्।

कंगारु खाना खोस्न किचनसम्मै आउने गरेका छन्। यदी मानिसहरु कंगारुको प्रतिकारमा उत्रिए कंगारुले घातक आक्रमण गर्ने गरेको समाचारहरुमा जनाइएको छ। दिनहुँ कंगारुले मानिसहरुलाई कुट्ने गरेको पनि बताइएको छ।

यो पनि – नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अष्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठकका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालका परराष्ट्र सचिव भरत राज पौड्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स बीच क्यानबेरामा बैठक भएको थियो । बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको, द्विपक्षीय सहायता बढाउने विषयमा पनि समझदारी बनेको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ।

परराष्ट्र सचिव भरत राज पौड्याल नेतृत्वको तीन सदस्यीय टोली आइतबार मेलर्बन हुदैँ क्यानबेरा आएको थियो । मेलर्बन आउनुभएका सचिव पौड्यालले आइतबार नै भिक्टोरियाको महावाणिज्यदूतावासको भ्रमण गर्नुभएको थियो ।


Last Updated on: August 31st, 2022 at 3:31 pm

तपाईको प्रतिक्रिया