Monday, August 15

जापानमा २४ घण्टामा २ लाख ३३ हजार ९४ जना कोरोना संक्रमित थपिए

July 28, 2022

टोकियो ।

जापानमा बिहीवार २ लाख ३३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् ।

जुलाई २८ तारिख जापानमा पुष्टि भएको कोभिड-१९ संक्रमितको यो संख्या एकैदिनको अहिलेसम्मकै धेरै हो ।

यसअघी बुधवार २ लाख ९ हजारको दोस्रो उच्च दैनिक संक्रमण तथा गत शनिबार देशव्यापी संक्रमण २ लाख ९३९ को कीर्तिमानी उच्च बिन्दुमा उक्लिएको थियो ।

कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोनको उपप्रकार बीए.५ का कारण अहिले जापानमा संक्रमणको सातौं लहर उत्कर्समा देखिएको छ ।

जापानको ४७ मध्ये राजधानी टोकियो सहित १८ प्रान्तमा अहिलेसम्मको धेरै कोरोनाका बिरामी बिहीवार थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानको राजधानी टोकियो कोभिड महामारीको केन्द्रविन्दु बन्न थालेको छ ।

पछिल्लो हप्ता दिन यता दैनिक संक्रमितको संख्या निरन्तर २० हजारभन्दा माथि रहेको टोकियोमा जुलाई २९ तारिख विहीबार एकैदिन ४० हजारभन्दा बढी व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ ।

टोकियो महानगरका अनुसार बिहीबार यहाँ पछिल्लो २४ घन्टाको बीचमा ४० हजार ४०६ जना नयाँ कोरोनाका बिरामी थपिएका छन् ।

टोकियोमा एकैदिन कोरोना भाइरसका विरामी ४० हजारको संख्यामा थपिएको यो पहिलो पटक हो ।

Comment