शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । एउटी महिला आफ्नै घरको बाथरुममा फसिन् । उनी तीन दिनसम्म बाथरुममा थुनिएकी थिइन् । उसले बाँच्ने आशा गुमाएकी थिइन्। महिलाले आफ्नो मृ’त्युपछि परिवारका सदस्यले सम्पत्ति बराबर बाँड्न सकुन् भनेर लिपस्टिकले भित्तामा आफ्नो इच्छापत्र पनि लेखेकी थिइन् ।

तर त्यसपछि एउटा चमत्कार भयो। वास्तवमा थाइल्याण्डमा बस्ने ५४ वर्षीया महिला नुहाउन बाथरुम गएकी थिइन् । नुहाएर बाहिर निस्कन ढोका खोल्न खोज्दा ढोका जाम भयो । बाथरुमको ढोकामा ताला लागेका कारण महिला भित्र फसेकी थिइन् ।

द सनका अनुसार ती महिला चौथो तल्लामा एक्लै बस्थिन् । त्यसैले उनको चिच्याहट कसैले सुनेन । उनी रातभर सहयोगको लागि चिच्याइरहेकी थिइन् । त्यसैगरी तीन दिन बित्यो र महिला बाथरुममा फसेर बसिन् । अब उनी निस्कन नसक्ने उनले अनुमान गरिन् ।

यस्तो अवस्थामा महिलाले बाथरुमको भित्तामा लिपस्टिकले आफ्नो इच्छापत्र लेखिन्, ताकि उनको मृत्युपछि परिवारले सम्पत्ति बाँडफाँड गर्न सकुन् । यससँगै उनले आफ्ना नजिकका मानिसका लागि भित्तामा अन्तिम सन्देश पनि लेखेकी थिइन् ।

५४ वर्षीया महिलाले लेखेकी छिन्– ‘म बाँच्नको लागि धाराको पानी पिइरहेको छु र यदि यो पानी समाप्त भयो भने म मर्छु होला । म सहयोगको लागि चिच्याएँ, तर कोही आएनन्।’

अगस्ट २२ मा बाथरुममा फसेकी महिला तीन दिन बितिसक्दा पनि बाहिर निस्कन सकिनन् । यस्तो अवस्थामा महिलासँग सम्पर्क नहुँदा परिवारलाई उनको चिन्ता थियो । त्यसपछि महिलाकी बहिनीले प्रहरीलाई सम्पर्क गरिन् । बहिनीका अनुसार उनले सयौं पटक फोन गरिन् तर जवाफ आएन ।

सूचना पाएपछि प्रहरी टोली महिलाको घरमा पुगेको थियो । ढोका तोडेर बाथरुममा हेरेपछि महिला अचेत अवस्थामा फेला परिन् । महिलालाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उपचारपछि डिस्चार्ज गरेका थिए । तीन दिनसम्म पानीको सहाराले मात्र बाँचेका कारण ती महिला अलि कमजोर भइन् ।


Last Updated on: August 31st, 2022 at 3:41 pm

तपाईको प्रतिक्रिया