
सिओल दक्षिण कोरियाको एक कम्पनीको होस्टेलमा विवाद हुँदा एक नेपालीले आफ्नै नेपाली सहकर्मी लाई धारिलो छुरा प्रहार गरी ह’त्या गरेको आरोपमा उक्त यूवालाई प्रहरीले प’क्राउ गरेको छ।
छुङछनबोक्दो जिन्छन प्रहरीले २९ बर्षिय यूवालाई आफ्नै सहकर्मी साथीलाई धारीलो हतियार प्रयोग गरी ह’त्या गरेको अभियोगमा पक्राउ गरी ह’त्या को कसुरमा मुद्दा दर्ता गरेको छ।
हिजो राती करिव ११:४० को समयमा छुङछनवोक्दो मा रहेको एक कम्पनीको होस्टेलमा विवाद पछी झगडा गर्दा अर्का २७ बर्षिय नेपाली सहकर्मीले धारिलो हतियार प्रहार गरी ह’त्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ।
परिचय गोप्य राखिएका ह’त्या आरोपी यूवा समेत शख्त घाईते अवस्थामा फेला परेका थिय।उनलाई अहिले अस्पतालमा उपचार गरिएको छ। मृ’त्यु हुने मा नुवाकोट घर भएका यूवा हुन भने मा’र्ने यूवा पाँचथर का भएको बुझिएको छ।
ह’त्या आरोपी यूवालाई मादक पदार्थ सेवन गरी अ’पराध गरेको कसुरमा मुद्दा दर्ता गरिएको छ। हाल अस्पतालमा उपचार गरिएको र उपचार पछी घटनाको थप वास्तविकता अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने प्रहरीले बताएको छ।