शुक्रबार १४ आश्विन २०७९

बैतडी, बैतडीको पाटन ५ अड्तोलाका रामदत्त पाण्डेको विगत एक महिना देखि उनको खेतमै बास छ । उनि मकै जोगाउन खेतको आलीमा अस्थायी टहरा बनाएर बस्ने गरेका छन् ।

‘चौबिसै घण्टा जागराम बस्नुपर्छ, बाली जोगाउनै प¥यो, उनले भने, बदेल र बादरले बर्खाभरी सुखले बस्न दिएन,’ साउन पहिलो साता देखि अस्थायी टहरा बनाएर मकै जोगाउन अस्थायी टहरामा बस्दै आएको उनले सुनाए । बाँदर र बदेलको आतंकले किसानहरुलाई वाली जोगाउनै सास्ती हुने गरेको उनले बताए ।

सुर्नया गाउँपालिका ५ का दल बहादुर बिष्टलाई पनि बाँदरबाट मकै जोगाउन हम्मेहम्मे छ । खेतमै ओहोरदोहोर गर्दागर्दै दिन बित्ने गरेको उनले बताए । बदेल र बाँदरका लागि दिनैभर खेतमा बस्नु परेको उनले सुनाए । ‘चार रोपनी खेतमा मकै लगाएको हु, आधा खाइसक्यो, बथानै आउने हुनाले धपाउनै सकिन्न’ बिष्टले भने ।

मकै भित्¥याउने समयमा मकै जनावरले सखाप परेपछि पिर थपिएको उनले दुःखेसो गरे । बैतडीका सबैजसो ठाउँमा जंगली जनावरले मकै सखाप पार्ने गरेको किसानहरुको गुनासो छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका बढीजसो बदेल र बाँदरले बाली सखाप पर्ने गरेको छ ।

बाली जोगउन एक जना अस्थायीइ टहरा लगाएर दिनैभर रेखदेखमा बस्ने गरेका छन् । मकैको गोडमेल गरीसकेपछि जंगली जनावरबाट जोगाउन धौधौ हुने गरेको अर्का पाटन १ का किसान गाणेशदत्त भट्टराईले बताए। ‘गोडमेल गरीसकेपछि लगातार रेखदेखमै ब्यस्त हुनुपर्छ, बदेलको बथान नै आउने गरेको छ, राती खेतमै टहरा बनाएर बस्ने गरेका छाँै,’ उनले भने ।

बदेलको बथान आएको बेला एकदुई जनाले धपाउन पनि नसकिने उनले बताए । मकै जोगाउन यतिबेला किसानहरुलाई धौधौ भएको पाटन नगरपालिकाका कृषिसाखा प्रमुख महेश अवस्थीले जानकारी दिए । अधिकांस किसानहरुले लगाएको मकैबाली आधापनि बचाउन नसकेको उनले बताए ।

‘यतिबेला हामि अनुगमनमा गयौँ, सबैजसो ठाउँमा मकै सखाप पारेको छ’ उनले भने । बदेल, दुम्सी र बाँदरले बढी आतंक मच्चाएको उनले बताए । बैतडीमा बाह्र हजार दुई सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिदै आएको छ ।

पहाडी क्षेत्रको मुख्य अन्नको रुपमा रहेको मकै यस वर्ष उत्पदान घट्ने आंकालन गरिएको छ । गत वर्ष १९ हजार पाँच सय मेट्रिक टन मकै उत्पादन भएको थियो । यस वर्ष जंगली जनावरले मकैमा क्षती पु¥याएकाले उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

‘गत वर्षको भन्दा यस वर्ष मकै उत्पदान घट्ने आकलन गरेका छौँ, यस वर्ष जंगली जनावरको आतंक बढेको छ,’ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपाल दत्त भट्टले भने । दैनिक दर्जनौको संख्याका किसानहरु क्षतीपुर्तीको लागि सिफारीसका लागि आउने गरेको उनले बताए ।

पछिल्लो एक हप्ताको अवधिमा ४० भन्दा बढी किसानहरु क्षतीपुर्तीको लागि सिफासिका लागि आएका छन् । बढीजसो बदेल र बाँदरले मकै नोक्सान गरेको छ ।


Last Updated on: August 31st, 2022 at 10:23 pm

तपाईको प्रतिक्रिया