बुधबार १९ आश्विन २०७९

काठमाडौं । बिहीबार सार्वजनिक बिदा दिइएको छ । गुल्मी जिल्लाको रुरु क्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधवार गाउँपालिका अध्यक्ष स्तरीयको निर्णय अनुसार बिहीबार बिदा दिइएको हो ।

ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी गराउनुभयो । बिहीबार गाउँपालिका भित्रका वडा कार्यालयहरू, सङ्घ संस्था, शिक्षण संस्थाहरू र सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने छन् ।

जारी सूचनमा भनिएको छ, ‘हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ऋषि पञ्चमीको उपलक्ष्यमा मिति २०७९ भाद्र १६ गते विहीबार यस गाउँपालिका भित्रका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शिक्षण संस्थाहरु, शिक्षण संस्थाहरु र सार्बजनिक संघ संस्थानहरुमा सार्वजनिक बिदा दिने गाउँपालिका अध्यक्ष स्तरीय मिति २०७९/०५/१५ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यो पनि – आगामी मंंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चर्चा सुरु भएको छ । बजारका चोक, चिया पसल लगायतका स्थानमा निर्वाचनको चर्चा हुन थालेको छ । अहिलेको निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ लाई विशेष महत्वका साथ हेरिएको छ ।

सोही क्षेत्रमा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्णराज विष्टले लगातार दुई पटक एवम् हालसम्म तीन पटक जीतेकोले पनि विशेष चासोका साथ हेरिएको हो ।अहिले एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको छ ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरु एकठाउँमा उभिदा निर्वाचनमा विष्टसँग भिड्ने जो कोहीको पनि रोचक प्रतिस्पर्धा हुनसक्छ । प्रतिनिधिसभामा एमालेबाट विष्ट नै निर्वाचनमा होमिने लगभग पक्कापक्की छ । उनले ०५६, ०७० र ७४ सालको निर्वाचनमा जित हाँसिल गरिसकेका छन् ।

०६४ सालमा भने माओवादीले जितेको थियो । पाँच दलीय गठबन्धनमा उक्त क्षेत्र कुन पार्टीको भागमा पर्छ भन्ने यकिन छैन ।यदि माओवादीको भागमा प¥यो भने भिमकान्त भण्डारी उम्मेदवार बन्ने सम्भावना छ । प्रचण्ड निकट मानिने उनको काँग्रेस र एकीकृत समाजवादीका केन्द्रीय नेताहरुसँग पनि राम्रो सम्बन्ध छ ।

गएको स्थानीय तहको निर्वाचनमा गुल्मीमा सकारात्मक नतिजा ल्याउन उनले भूमिका खेलेका कारण उनी उम्मेदवार बन्न सक्छन् । यद्यपी माओवादीबाटै जिल्ला संयोजक बुद्धि जिसीको पनि सम्भावना रहेपनि उनले प्रदेशमा उम्मेदवारी दिने सम्भावना छ ।

उनी ०७४ को निर्वाचनमा पनि संघमै सिफारिसमा परेपनि तत्कालिन बाम एकताका कारण उनले टिकट पाएका थिएनन् ।एकीकृत समाजवादीको भागमा गुल्मी –२ मा प¥यो भने पूर्वमन्त्री एवम् एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री उम्मेदवार बन्ने पक्कापक्की छ ।

गुल्मीमा एकमात्र संघीय निर्वाचन क्षेत्र पनि समाजवादीको भागमा प¥यो भने २ नम्बर क्षेत्रमा झाँक्री उम्मेदवार बन्ने निश्चित जस्तै छ । उक्त क्षेत्र यदि काँग्रेसको भागमा प¥यो भने पार्टीका लुम्बिनी प्रदेश उप–सभापति एवम् पूर्व गुल्मी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना छ ।

यद्यपी काँग्रेसबाटै दामोदर भुसालको पनि चर्चा रहेपनि टिकट नै पाउने सम्भावना भने कम रहेको काँग्रेस स्रोत बताउछ । काँग्रेसको भागमा गुल्मी –२ परे संघमा अथावा नपरे प्रदेशमा भएपनि श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना छ ।०७४ सालमा एमाले र माओवादीको बाम गठबन्धन भएको थियो ।

०७४ मा गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार गोकर्ण विष्ट ३४ हजार ६१८ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्ती काँग्रेसका चन्द्र बहादुर केसीले २० हजार १५७ मत ल्याएका थिए । एमाले फुटेर अहिले एकीकृत समाजवादी बनेको छ ।

समाजवादीका अध्यक्ष, सचिव, इन्जार्च लगायतका नेताहरु क्षेत्र नम्बर २ कै हुन् । क्षेत्र नम्बर २ प्रदेश क मा एमालेका खड्ग बहादुर खत्री १६ हजार १६५ एवम् प्रदेश सभा ख मा माओवादीका दिनेश पन्थी १७ हजार ६०१ मतसहित विजयी भएका थिए ।


Last Updated on: September 1st, 2022 at 11:15 am

तपाईको प्रतिक्रिया