मंगलबार १८ आश्विन २०७९

फिल्म ‘सम्हालिन्छ कहिले मन’ भोलीबाट देशभर एकसाथ रिलिज हुने तयारीमा छ । जसको प्रचार प्रसारमा फिल्मका मुख्य ३ कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन दिल खोलेर लागिपरिरहेका छन् ।

उनीहरुले अहिलेसम्मकै भिन्न प्रचार प्रसारको शैली प्रयोग समेत गरेका छन् । जसमा यी ३ लोकप्रिय कलाकारहरु त्रिभुवन विमानस्थलबाट हेलिकप्टरबाट चोभार पुगे । चोभारमा ल्यान्ड भएको हेलिकप्टरले फूल बर्सायो ।

चोभार नेपाली फिल्म छायांकनका लागि सबैभन्दा चर्चित स्थान हो । पछिल्लो समयमा चोभारमा कमै मात्र फिल्म खिचिन्छ । तर, कुनै पनि चोभारमा फिल्मको क्लाइमेक्स नखिचिए अधुरो नै देखिन्थ्यो । यसैले, आफूहरुले चोभारलाई रोजेको नायिका पूजा शर्माले बताइन् ।

आकाशले पनि एउटा उचाईमा पुगेर फिल्मको प्रमोशन गर्न पाउँदा खुशी लागेको बताए । उनले, फिल्म उत्कृष्ट बनेको भन्दै हेर्न दर्शकलाई आग्रह गरे । त्यस्तै फिल्मका अर्का हिरो तथा नव–नायक सोनम तोप्देनले एउटा राम्रो टिम भएका कारणले नै यो साथ र माया पाउने कुरामा विश्वास ब्यक्त गरे ।

नायिका शर्माले भनिन्–‘मलाई जहिले पनि अग्लो ठाउँबाट भगवान्को परिक्रमा गर्न मन थियो । हेलिकप्टर त दोश्रो कुरा भयो । तर, आज मन खुशी भएको छ । भगवान र दर्शकसँग हामीले आर्शिवाद लिएका छौं ।’नायक आकाश श्रेष्ठले पनि एउटा उचाईमा पुगेर फिल्मको प्रमोशन गर्न पाउँदा खुशी लागेको बताए । उनले, फिल्म उत्कृष्ट बनेको भन्दै हेर्न दर्शकलाई आग्रह गरे ।

नव–नायक सोनम तोप्देनका लागि त यो फिल्म विशेष छ । पहिलो फिल्ममै आफूले पाएको मायाले भावुक बनाएको उनले बताए । एउटा राम्रो टिम भएका कारणले नै यो साथ र माया पाएको उनको भनाई थियो ।

एबी प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । सुदर्शन थापा निर्देशित फिल्मको बुकिङ समेत सुखद देखिएको छ । यसैले, फिल्मले सुखद व्यापार गर्ने अपेक्षा निर्माणपक्षको छ ।


Last Updated on: September 1st, 2022 at 10:27 pm

तपाईको प्रतिक्रिया