आइतबार १६ आश्विन २०७९

महाअभियोग लागेर निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले छानबिन समितिमा दिएको बयानले सर्वोच्च अदालत देखी सिंगो राजनितिक वृतमानै तरंग गएको छ ।

चोलेन्द्रले भटाभट सबैका पोल खोल्न थाले पछि महाअभियोग छानिबिन समितिको बैठकनै आकस्मिक रुपमा स्थागित भएको छ । चोलेन्दलाई सोध्न तयार पारिएका ४३ वटा प्रश्नहरु मध्ये बधुवार जम्मा ४ वटा प्रश्नहरुको मात्रै जवाफ उनले ४ घण्टा लगाएर दिएका थिए भने विहिबार बयान सुरु भएको दुई घण्टामानै बैठक आकस्मिक रुपले स्थागित गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आकस्मिक रूपमा रोकिएको छ ।बिहीबार सिंदरबारस्थित संसदीय समितिको कक्षमा बैठक बसेको थियो । आज दोस्रो दिन पनि जबरासित बयान लिइएको थियो ।

तर, बैठक आकस्मिक रूपमा रोकिएको एक समिति सदस्यले जानकारी दिए । उनका अनुसार अर्को बैठक यही भदौ १९ गते आइतबार बस्नेछ ।जबरासित बुधबारदेखि बयान लिन थालिएको हो । उनलाई पहिलो दिन४ प्रश्न सोधिएको थियो । कुल ४३ प्रश्न सोधिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् ।

गएको फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ । विहिबारको बयानमा चालेन्द्रले संसदीय छानबिन समितिको औचित्यका बारेमानै प्रश्न उठाएका थिए । त्यस पछि बिषय थप पेचिलो बनेको थियो । चालेन्द्रले कसैलाई बाँकी नराख्ने अवस्था देखिएको छ ।

यसले समग्र राजनितीमानै ठूलो तरंग जान सक्ने अवस्था आएको बताइन्छ ।बिहिबारको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनले अघि सारेको २१ बुँदेमै सांसदहरुले सही गरेर आफूमाथि महाअभियोग लगाएको बताएका छन् ।

महाअभियोग सिफारिस समितिमा बयानका लागि दोस्रो दिन उपस्थित भएका जबराले बारले आफ्नो राजीनामा माग्दा अघि सारेको २१ बुँदेमै सत्तारुढ सांसदहरुले सही गरेको आरोप लगाए । उनले भने, ‘बारले राजीनामा माग्दा सार्वजनिक गरेको थियो, त्यसमै सही छाप गरेर ल्याउनु भएको छ ।’

निरर्थक, औचित्यहीन, कुनै पनि आधार र कारणबाट पुष्टि नहुने आरोप लगाएर महाअभियोग दर्ता गरेकै भरमा आफूलाई साढे ६ महिनादेखि निलम्बनमा राखेको उनको आरोप छ ।


Last Updated on: September 1st, 2022 at 11:00 pm

तपाईको प्रतिक्रिया