Monday, August 15

नेपाली पाइलटले मुम्बई पुगेर हिन्दी फिल्ममा अमिताभ बच्चनसँग अभिनय गरे

July 30, 2022

काठमाडौं ।

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ मा नेपाली पाइलटको अभिनय देख्न पाइनेछ ।

भारतका स्टारहरुले भरिएको यो फिल्म नेपालका पर्यटकीय थलोमा सुटिङ भएको छ ।

बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा छायांकनका लागि नेपालमा दुई साता रहेका थिए ।

ल्मको छायांकनका लागि उनीहरु सोलुखुम्बु र मनाङ पुगेका थिए । स्वास्थ्य अवस्थाका कारण मुख्य कलाकार अमिताभ बच्चन भने नेपाल आउन सकेनन् ।

अमिताभ नेपाल आउन नसकेपछि मुम्बईमै सेट खडा गरेर अहिले फिल्मको धमाधम छायांकन भइरहेको छ ।

त्यहाँ सेटमा अमिताभको भूमिका सेटमा छायांकन गरेर नेपालको भिडियोमा राखिनेछ ।

मुम्बईको राजश्री स्टुडियोमा सुटिङ भइरहेको फिल्ममा अमिताभको दृश्य छायांकन अहिले भइरहेको छ ।

नेपालमा छायांकन हुँदा फिल्म क्रुलाई उडानमा साथ दिएका पाइलट विवेक खड्का समेत यो फिल्ममा देखिने भएका छन् । उनलाई निर्माण कम्पनी राजश्री फिल्मले मुम्बईमै बोलाएर सुटिङ गराएको छ ।

मुम्बईको भव्य सेटमा हेलिकप्टर पाइलटकै रुपमा खड्काले अभिनय गरेका छन्, जहाँ उनले बलिउड महानायक अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका छन् । छायांकनको तस्विर उनले इन्स्टाग्राममा सेयर गरेका छन् ।

अमिताभसँग फिल्म खेल्नुलाई पाइलट खड्काले आफ्नो जीवनको सपना पूरा भएको बताएका छन् । यसैसाता उनको छायांकन सकिएको छ र उनी केही दिनमै काठमाडौं फर्कने तयारीमा छन् ।

उचाइको नेपाल व्यवस्थापन हेरेका प्राविधिकका अनुसार नेपालमा खड्काको लङ्सट लिइएको थियो भने मुम्बईमा चाहिं क्लोजअप । फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरिरहेका छन् ।

Comment