Monday, August 15

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय अवार्डबाट लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवी सम्मानित

July 30, 2022

चितवन

नेपालकै पहिलोपटक अन्तर्राष्ट्रिय अवार्डबाट चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवी सम्मानित हुनुभएको छ ।

शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

थोमस ई। डर्नोगा, यूएस काउन्सिल प्रतिनिधी यूएस भारतका एसएमईका लागि मूख्य कार्यकारी अधिकारी एलिशा पुलिवार्तीले फादर रोवीलाई पदक प्रदान गर्नुभएको हो ।

अमेरीकाको वासिन्टन डिसीमा आयोजित एक भव्य समारोहमा अमेरिका( भारत एसएमई काउन्सिल अफ अमेरिकाले अवार्ड प्रदान गरेको हो ।

१२ वर्षदेखि लिटिल फ्लावर स्कुलमा आवद्ध रहनुभएका रोवी आठवर्षदेखि प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँकै नेतृत्वमा स्कुलले शिक्षा क्षेत्रमा हरेकवर्ष फड्को मार्दै गैरहेको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि गरेको योगदानको कदर स्वरुप प्रदान गरिएको अवार्डले आफुलाई अझै धेरै जिम्मेवारी थपिएको महसुस गरेको स्कुलका प्रिन्सिपल फादर रोवीले बताउनुभयो ।

Comment