नागरिकता विद्ययेक रोक्न शितल निवास छिर्यो स्वागत नेपालको टोली ! – Gandaki Chhadke
Friday, August 12

नागरिकता विद्ययेक रोक्न शितल निवास छिर्यो स्वागत नेपालको टोली !

July 30, 2022

काठमाडौँ

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेकका बारेमा चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भइसकेको विद्ययेकलाई राष्ट्रपतीले रोक्नु पर्छ भन्ने आवाज उठिरहेको छ ।

नागरिकता विद्ययेकमा रहेका कतिपय प्रावधानहरुका कारण देशनै नरहने सम्मको अवस्था आउँन सक्ने भन्दै नागरिक स्तरबाट चर्को आलोचना भइरहेको छ । विद्ययेक रोकिने या प्रमाणित भएर लागु हुने भन्ने अब राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा रहेको छ ।

प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट विद्ययेक पारित भए पछि अहिले सबैको ध्यान राष्ट्रपति भवन शितल निवास तिर सोझिएको छ । राष्ट्रपती विद्यादेवी भण्डारीले चाहेमा विद्ययेक रोकिन सक्ने भन्दै एक टोली ज्ञापन पत्र लिएर शितल निवासनै छिरेको छ ।

नागरिकता विद्ययेकको विपक्षमा आन्दोलित भइहेका सेचत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाई , उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल , हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हाण्ड लगायतको टिम ज्ञापन पत्र लिएर शितल निवास पुगेको छ ।

सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाईले राष्ट्रपतीले हिम्मत गरेर यो विद्ययेक रोक्नु पर्ने बताएका छन् । राष्ट्रको सवालमा यति गम्भिर अवस्था आइसकेको र जनस्तरबाट व्यापक आलोचित भइरहेको बिषयलाई सिधै लालमोहर लगाउँन नुहुने प्रसाईले भनेका छन् ।

अधिवक्ता समेत रहेका उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले विद्ययेक रोक्ने अधिकार राष्ट्रपतीसँग रहेको जिकिर गरेका छन् । हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोराले राष्ट्रपतीले फेरी पुनर्विचारका लागी सदनमा फिर्ता पठाइदिने या सर्वोच्च अदालतको राय लिन सक्ने भनेका छन् ।

राष्ट्रपती भवन शितल निवासमै पुगेर ज्ञापन पत्र दर्ता गराएर फर्किएको सेचत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाईले जानकारी दिए । देश अत्यन्तै संकट पुर्ण अवस्थामा रहेको भन्दै प्रसाईले यस्तो संवेदनशिल घडिमा राष्ट्रपतीले देश र जनता सम्झिएर विद्ययेक रोक्नु पर्ने बताए ।

ओटिभी नेपाल डटकमसँग कुराकानी गर्दै अध्यक्ष प्रसाइले यो नागरिकता विद्येयक पुराका पुरा इण्डियन डिजाइनमा आएको दाबी गरे । विवाह गरेर हनिमुन पनि मनाउँन नपाई विदेशी चेलीलाई नेपालको नागरिकता किन दिन पर्यो ? भन्दै प्रसाईले प्रश्न गरेका छन् ।

नेपाललाई विस्तारै फिजिकरणको बाटोमा लान खोजिएको भन्दै प्रसाइले शेरबहादुर देउवा र प्रचण्ड त्यसको मतियार बनिरहेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई यो देश बेच्नका लागी धेरै हतारो भएको आरोप पनि उनले लगाएका छन् ।

Comment