Monday, August 15

रवि लामिछाने संगै एउटी मन्चमा देखि देखिए धनगढीका मेयर हमाल !

July 30, 2022

धनगढी :

चर्चित पूर्वसंचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको पार्टीको सुदूरपश्चिम प्रदेशस्तरिय भेलामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सहभागी भएका छन् ।

शुक्रबार धनगढीस्थित ओम पार्टी प्यालेसमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल सहभागी भएका हुन् ।

धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको प्रमुखमा हमाल निर्वाचित भएका थिए ।

पार्टी दर्तापछी रवि लामिछानेको पार्टीले प्रदेशस्तरीय भेला गरेको त्यसै क्रममा आज सुदूरपश्चिम प्रदेशस्तरीय भेला सम्बोधन कार्यक्रम गरेको छ । ठूलो संख्यामा युवाहरु सहभागी भएका छन् ।

प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न नेता रवि लामिछानेसहित डिपी आर्याल, मुकुल ढकाल, दिपक बोहरा लगायत युवा नेताहरु भेलामा सहभागी भएका छन् ।

Comment