मंगलबार १८ आश्विन २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको भीआईपी कक्षबाट फरार भएका अभियुक्त पक्राउ परेका छन्। ठगी आरोपमा प्रहरीको फरार सूचीमा रहेका सुनसरीका रिजवान आलम शुक्रबार बिहान नेपाल आएका थिए।

तर उनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विमानस्थल भीआईपी कक्षको प्रयोग र आफ्नै गाडी दिएर भगाएका थिए। बिहान बिमानस्थलबाट प्रहरीले पक्राउ गर्ने तयारी गर्दा गर्दै भागेका आलमलाई शुक्रबार राति नै मेरियट होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

दुबईबाट आएका आलम पासपोर्ट समेत विमानस्थलमै छाडेर फरार भएका थिए। उनीविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सोही कसुरमा पक्राउ पुर्जी पनि जारी गरेको थियो।

यो पनि – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राजकुमार श्रीमललाई पक्राउ गरेको हो।

सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईँको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २२ वर्षीय राजकुमार श्रीमललाई पक्राउ गरेको हो। गत साउन १९ गतेदेखि हालसम्म ६ जना नक्कली परीक्षार्थीहरुलाई ट्राफिक प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाएको छ। गत साउन १९ गते राधेराधे ट्रायल सेन्टरबाट ललितपुरको लुभु बस्ने २३ वर्षीयय सन्तोष थापाको नाममा ट्रायल दिदै गर्दा भक्तपुरको गठ्ठाघर बस्ने २२ वर्षीय सुजन भट्टराई र यही भदौ १४ गते सबिन सेन्जुको नाममा ट्रायल दिँदै गर्दा मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै गत साउन २३ गते काठमाडौंको गुर्जुधाराबाट काठमाडौको छैमले बस्ने ३० वर्षीय रामचन्द्र खतिवडाको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका ३५ वषीैय साजन आचार्य र यहि भदौ १३ गते पाँचथर घर भई हाल सतुङगल बस्ने आईन्द्रा आङदावेको नाममा ट्रायल दिँदै गर्दा पाँचथर घर भई हाल सतुङगल बस्ने बृज फाङक लिम्बुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।


Last Updated on: September 3rd, 2022 at 1:22 pm

तपाईको प्रतिक्रिया