
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाग्लुङले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बाग्लुङ क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।
कांग्रेसबाट बाग्लुङ क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरू टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधानसभा सदस्य नरबहादुर पुन निरज, पूर्वमहासमिति सदस्य रामप्रसाद आचार्य, डा। शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरू तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको छ ।उता मंसीर ४ गते हुने निर्वाचनमा कांग्रेस लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि ४१ जनाले आकांक्षा व्यक्त गरेका छन् ।
प्रदेश ‘क’ को प्रत्यक्षतर्फ शंकरकान्त जोशी, सुवास पौडेल, रामकृष्ण काडेल र डिकेन्द्रराज कँडेल गरी ४ जनाले आकांक्षा राखेका छन् । प्रदेश ‘ख’ प्रत्यक्षतर्फ आनन्द घिमिरे, शिवराज रिमाल, नवराज न्यौपाने, भेषबहादुर पौडेल, लक्ष्मीकान्त पौडेल, गमप्रसाद गुरुङ र ललितकुमार गुरुङ गरी ६ जनाले आकांक्षा व्यक्त गरेका छन् ।
प्रदेश ‘क’ को समानुपातिकतर्फ टीकाराम पौडेल, खुसीमाया गुरुङ, भिउसेन दमै, खुसीमान गुरुङ, बुधमान गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, प्रकाश चिलुवाल, मुक्तिनाथ दवाडी, सुप्रिया जोशी, विष्णुमाया न्यौपाने धिताल, चिनबहादुर कामी थापा, गोविन्द्रप्रसाद धिताल र हुमराज दवाडी गरी १४ जना आकांक्षी रहेका छन् ।
प्रदेश ‘ख’ को समानुपातिकतर्फ टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी कार्की, हरिप्रसाद गुरुङ, स्थिरबाबु खाती, शैलेन्द्र घिमिरे, गोपाल खाती, भीमबहादुर दुरा, ज्ञानु शाह, गणेशप्रसाद न्यौपाने, बद्रीमान श्रेष्ठ, रघुनाथ गुरुङ, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठ र गोपाल परियार छन् ।